शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • यूएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त
यूएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १२, २०७८
team
काठमाडौँ । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार नेपाल यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै यूएई भने अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टी–२० ग्लोबल छनोटमा पुगेको छ । १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अकंमा रन बनाउन सकेनन् । त्यस्तै, कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।बलिङतर्फ यूएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए । त्यसअघि आईसीसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ पहिले व्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । यूएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन भने थ्रीथा सतिसले ४७ रन जोडिन । काभिसा इगोडागेले २२ रन जोडिन् । नेपालका कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।यूएई ५ खेलमा १० अकंका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जीत र २ मा हारसहित ६ अकंका साथ दोस्रो स्थानमा रह्यो । रासस
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १६:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP