शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • यु–१९ महिला टोलीको बिदाइ
यु–१९ महिला टोलीको बिदाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर २१, २०७८
fhgd
काठमाडौँ। नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको छ। बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने टोलीको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगरले उपाधि जित्ने लक्ष्यका साथ चुनौती प्रस्तुत गर्ने बताएका हुन्। अन्जनाको कप्तानीमा साफ खेल्ने २३ सदस्यीय नेपाली टोलीलाई सोमबार बिदाइ गरिएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाइ गरेका हुन्। सो अवसरमा सदस्यसचिव घिसिङले विजेता बन्ने मनोबलका साथ खेल्न आग्रह गर्दै परिषद्ले राष्ट्रिय टोलीको प्रदर्शन सुधारका लागि योजना बनाएको समेत बताए। एन्फा अध्यक्ष शेर्पाले पनि नेपाली टोलीको तयारी राम्रो रहेकाले उपाधि जित्नेमा आफूहरू ढुक्क रहेको विश्वास व्यक्त गरे। आगामी डिसेम्बर ११ देखि २२ सम्म ढाकामा आयोजना हुने प्रतियोगितामा पाँच राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्। आयोजक बंगालदेशसँगै नेपाल, भुटान,भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन्। नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्दै छ। मुख्य प्रशिक्षक श्रेष्ठले आइतबार २३ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेका थिए। गोलकिपर अन्जनाको कप्तानीमा रहेको टोलीमा सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ,सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता रानामगर,सरस्वती हमाल, प्रीति राई, अमिशा कार्की र मेनुकाकुमारी आले मगर छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ। नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिखमा तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्ने तालिका छ। यस्तै आफ्नो चौथो खेलमा नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल डिसेम्बर २२ मा हुनेछ। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ११:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP