शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नमस्ते ट्रेड होटल याक अन्तर मावि जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टले जित्यो
नमस्ते ट्रेड होटल याक अन्तर मावि जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टले जित्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर २७, २०७८
jces cup 19
म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । खुल्लामञ्चमा आईतबार भएको फाईनलमा बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै विजेता न्यु वेष्ट प्वाईन्टले लगातार चार पटक जेसिज कपको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ । १८ औँ संस्करण जेसिज कपका पनि विजेता र उपविजेता यी दुई विद्यालय भएका थिए । प्रतियोगितामा बिजेता न्यु वेष्ट प्वाईन्टले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ रुपैया जितेको छ । त्यस्तै उपबिजेता बनेको बुद्ध एकेडेमी बगरफाँटले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिएको छ । विजेता र उपविजेता विद्यालयलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठ लगातयको उपस्थितमा वितरण गरिएको थियो । जेसिज कप फुटवल प्रतियोगितामा सहभागिता जनाउदै सेमिफाईनलसम्म पुग्न सफल केवी एकेडेमी दरवाङ अनुशासित टिम बन्दै नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रले आयोजकले सम्मान गरेको थियो । प्रतियोगितामा विजेता न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ उतकृष्ट खेलाडी, न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ र लकुस पुन सर्वाधिक गोलकता बनेका छन् । दुवै समान ५÷५ गोल गरेका थिए । म्याग्दी एकेडेमी सिगांका सज्जन किसान उतृकष्ट गोलरक्षक, बुद्ध एकेडेमीका रविन तामाङ उतकृष्ट डिफेन्डर, बुद्ध एकेडेमीका निराजन पुन उतकृष्ट स्टाइकर, केवी एकेडेमी दरवाङका खगेन पुन उतकृष्ट मिडपिल्डर, वेष्ट प्वाईन्टका सुमन थापा राईजिङ प्लेयर र उतृकष्ट कोच न्यु वेष्ट प्वाईन्टका दिपेन राई बनेको मुल संयोजक कुमार बानियाँले जानकारी दिए । विभिन्न विधाबाट उतकृष्ट छनोट भएका खेलाडीलाई नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ। मंसिर २१ गतेदेखि सुरु भएकोे जेसिज कप प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १९:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP