शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • ब्याडमिन्टन टुर्नामेन्टको उपाधी तुलाचन र अधिकारीलाई
ब्याडमिन्टन टुर्नामेन्टको उपाधी तुलाचन र अधिकारीलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १, २०७६
badmintan 2

बेनी,आइतबार असार १ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा ब्याडमिन्टन टुर्नामेन्ट समापन भएको छ । श्री ब्याडमिन्टन समिति दरबाङको आयोजनामा जेठ ३१ र ३२ गरी दुई दिने प्रतियोगिता सम्पन्न भएको हो ।

तस्बीर : नगेन्द्र मल्ल

प्रतियोगितामा पुरुष डबलतर्फ मंगला गाउँपालिका –२ का दिपु तुलाचन र नविन अधिकारी जोडी प्रथम भएको छ । २४ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक समितिका सचिव लोकेश तिलिजा र कोषाध्यक्ष पदम पुर्जाको टिम दित्तीय भएको आयोजक समितिका सचिव लोकेश तिलिजाले जानकारी दिनुभयो ।

तस्बीर : नगेन्द्र मल्ल

उहाँका अनसार विजेता टिमले १० हजार रुपैयाँ ,मेडल प्रमाणपत्र तथा ५ हजार मेडल र प्रमाणत्र हात पारेका छन् । यसैगरी प्रतियोगितामा रेक बहादुर पुन उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ,भने एउता हात मात्र भएका मंगला गाउँपालिका २ बाबियाचौरका चक्र नेपालीलाई राम्रो खेल प्रदर्शन गरेको भन्दै आयोजकले सम्मान गरेको छ ।

तस्बीर : नगेन्द्र मल्ल

विजेता र उपविजेता टिमलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्नुहुँदै अध्यक्ष खेलले लुकेर रहेको प्रतिभालाई उजागर गर्नुका साथै भावनात्मक रुपमा एक आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने बताउनुभयो ।

तस्बीर : नगेन्द्र मल्ल

खेलको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने उहाँको भनाई छ ।खेल मार्फत एक आपसमा भाइचाराको सम्बन्ध जोड्ने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको अध्यक्ष अध्यक्ष राजेन्द्र जुग्जालीले बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, असार १, २०७६  ०९:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP