शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल–योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ
कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल–योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस ३, २०७८
Min BDR Shrestha Hariyali (2)
सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुदै डाक्टर श्रेष्ठले जल, जमिन र जंगललाई सम्बृद्धीको आधार बनाउनुपर्ने बताउनुभयो । “आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जनाका लागि जमिनको खण्डीकरण रोकेर चक्लाबन्दी गरी ठूलो परिणाममा खेती गर्न प्रोत्साहन गर्ने नीति लिनुपर्छ,” उहाँले भन्नुभयो “जमिन बाँझो राख्ने समस्या घटाएर उत्पादनमुलक क्षेत्रमा जमिनको उपयोग गर्न आवश्यक छ ।” कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गरिएको बताउनुभयो । कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखेर तीन बर्षअघि म्याग्दीबाट शुरु भएको हरियाली परियोजना देशका अन्य जिल्लामा पनि बिस्तार भएको परिकल्पनाकार श्रेष्ठले बताउनुभयो । कम्पनीको अगुवाईमा स्थानीय ३६ जना जग्गाधनी कृषक सहित ६४ जनाको पाँच करोड रुपैयाँ लगानीमा स्थापना भएको हरियालीले सिंगा र आँगेबगरमा १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरेको छ । कुखुरापालन, तरकारी खेति, माछापालन, कालिजपालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड (सिउडी फल) र पुष्प खेति गरेको छ । फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर रु। पाँच करोड सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको छ । कम्पनीले गत आर्थिक बर्ष २०७७÷७८ मा तीन करोड ९३ लाख १७ हजार रुपैयाँ तरकारी, अण्डा, कुखुरा, चल्ला, कालिज, माछा लगायत कृषि उपज बिक्री गरेको अध्यक्ष चिनीमाया श्रेष्ठले बताउनुभयो । हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष दण्डपाणी सापकोटाले नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना (एनएसआइपी)को पचास प्रतिशत अनुदान, प्रभु बैंकको तीस प्रतिशत ऋण र सहकारीको बीस प्रतिशत गरि दुई करोड रुपैयाँ लागतमा ब्यवसायिक बाख्रापालन शुरु गर्न लागिएको जानकारी दिनुभयो । छुट्टा, छुट्टै रुपमा भएको कम्पनी र सहकारीको साधारणसभाले अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिबेदन पारित गरेको छ ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP