शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाली क्रिकेटमा अप्रिय विवाद
नेपाली क्रिकेटमा अप्रिय विवाद
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस ४, २०७८
काठमाडौँ । नेपाली क्रिकेटका लागि विवाद पर्यायजस्तै भैसकेको छ । खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच भइरहेको पछिल्लो विवाद पनि नौलो होइन, यसमा विगतकै झल्को आउँछ । यद्यपि, यसपटकको विवादले भने अलि ठूलै रूप लिइसकेको छ । सेन्ट्रल कन्ट्र्याक्ट’ को वर्गीकरणबाट सुरु भएको विवाद अहिले खेलाडीमाथि कारबाहीसम्म पुगेको छ । वर्गीकरणको विरोधमा सञ्चारमाध्यमसामु बोलेपछि क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट मुक्त गर्नुका साथै अन्य दुई खेलाडीलाई पनि छ महिना वर्गीकरणमा नराख्ने निर्णय गरेको छ । यही कारण, अहिलेको विवाद खेलाडी र खेल–सरोकारवालामाझ मात्र सीमित छैन, आम तहसम्मै छताछुल्ल भएको छ, नेपाली क्रिकेटका शुभेच्छुकहरूलाई यसले चिन्तित तुल्याएको छ । नेपाली क्रिकेटमा अहिले जुन विवाद र तनावको स्थिति छ, त्यो यस खेलको भविष्यका निम्ति कसै गरी राम्रो होइन । सम्बद्ध सबै पक्षले यथाशीघ्र यसको समाधान खोज्नुपर्छ । कथं यो विवाद समाधानको दिशामा अघि बढेन भने यसले खेलजगत्को मनोविज्ञानमै नकारात्मक असर पुर्‍याउँछ । अतः समस्याको मूल कारण पहिल्याएर त्यसको यथोचित निदान खोजिनुपर्छ । यदि साँच्चै सेन्ट्रल कन्ट्र्याक्टको वर्गीकरणमा विवाद हो भने त्यसमा क्यानले अनिवार्य रूपमा पुनर्विचार गर्नुपर्छ । कप्तान मल्लले भनेझैं वर्गीकरण अघिल्लो वर्षको नभएर आउने वर्षका लागि गर्नुपर्छ, यसमा क्यानले मनन गर्न जरुरी छ । यस मामिलामा क्यानले पूर्वखेलाडीहरूको राय लिनु पनि उपयुक्त हुन्छ, जसले यो पद्धतिलाई नै अझ बलियो तथा प्रभावकारी बनाउन मद्दत पुर्‍याउन सक्छ । कुनै पनि क्रिकेट बोर्डले तयार पारेको खेलाडीसँगको दुईपक्षीय अनुबन्धलाई खेलाडी स्वयंले कडाइसँग पालना गर्नुपर्छ । यो सैद्धान्तिक मान्यताको पालना गर्नु जोसुकै खेलाडीको दायित्व हो, नेपाली क्रिकेट खेलाडीले पनि यो तथ्य हृदयंगम गर्नुपर्छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र भएको अवस्थामा कुनै पनि खेलाडीलाई अनुशासनबाहिर बस्ने छुट कदापि हुन्न, हुनु पनि हुँदैन । क्यानलाई पाँच वर्षअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले निलम्बन गरेको थियो, जुन अझै पूर्ण फुकुवा भएको छैन । त्यसयता केही व्यक्तिरसमूह क्यानको विरोध गर्दै आफ्नो स्वार्थ पूरा गर्न सफल भएको देखिन्छ । जबकि क्यानलाई एउटा ‘ब्रान्ड’ का रूपमा स्थापित गर्नु नै नेपाली क्रिकेटको हितमा हुन्थ्यो र यसबाट खेलाडीले पनि फाइदा लिन सक्ने वातावरण बन्ने थियो । क्रिकेट खेलाडीप्रति धेरैको सहानुभूति छ, जुन स्वाभाविकै हो । आखिर नेपालजस्तो देशमा खेलाडीले कमाउने भनेको यही जनसम्मान नै त हो । नेपाली क्रिकेटमा व्यावसायिक रूपमा राम्रो आम्दानी गर्ने खेलाडी धेरै छैनन्, र उनीहरूले कमाउने अवधि पनि तुलनात्मक रूपमा कमै हुन्छ । दुःखको कुरा भन्नुपर्छ, यस्तो अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीले पछिल्लो समय खेल्नभन्दा बढी समय राजनीति गर्नमै खर्चन थालेको भान हुन्छ । फेरि, नेपाली क्रिकेट टिमभित्र पनि गुट–उपगुट भएको तथ्य कसैबाट छिपेको छैन । टिममा यस्तो मतभेद किन भइरहेको छ भन्ने विषयमा खेलाडी स्वयं बढी सचेत हुन जरुरी छ । यसबीचमा उच्च राजनीतिक तहले पनि यो विवादमा रुचि देखाएको छ । राजनीतिक नेतृत्वले दिने चासोले खेलकुदको महत्त्व त बढाउँछ, तर त्यस्तो चासो या रुचि हस्तक्षेपको तहमा भने झर्नु हुन्न । खेल संस्था स्वायत्त नै रहनुपर्छ, यसलाई स्वतन्त्र रूपले नै काम गर्न दिइनुपर्छ । खेलाडी–क्यान टस न मस वर्तमान विवादको जरो कुनै न कुनै रूपमा क्यानमै जोडिन्छ । उसले आफ्नो जिम्मेवारी समयमै उचित तवरले पूरा गर्ने हो भने यस खाले विवाद निम्तिने नै थिएन । त्यसैले अबको आवश्यकता भनेको विवाद चर्कन नदिएर चाँडोभन्दा चाँडो समाधान गर्नु र खेलअनुकूल वातावरण सिर्जना गर्नु हो । त्यसका निम्ति क्यान र खेलाडी एकै टेबलमा बसेर, व्यक्तिगत लाभहानीलाई अर्कोतर्फ थान्को लगाएर संवाद थाल्नुको विकल्प छैन । यस्तो वार्ता आ–आफ्नो अत्तो थाप्नेभन्दा पनि समस्या समाधानको दिशामा केन्द्रित हुनुपर्छ । यसबीचमा भएका भूलहरूबारे आत्ससमीक्षा र अबको दिशाबारे न्यायोचित निर्णय हुनुपर्छ । यहाँ के भुल्नु हुँदैन भने, नेपाली क्रिकेट यति बेला निकै महत्त्वपूर्ण शृंखलाहरूको सामुन्नेमा छ । सबैको ध्यान त्यसतर्फै केन्द्रित हुनुपर्छ । पछिल्लो समय नेपाली टिमले पुबुदु दासानायकेलाई पुनः नयाँ प्रशिक्षकका रूपमा पाएको छ, उनको पनि ध्यान यो विवाद समाधान र भविष्यका प्रतियोगिताका तयारीमा केन्द्रित हुनुपर्छ । र, अहिलेको विवादलाई शिक्षाका रूपमा लिएर सम्बन्धित सबैले भविष्यमा यस्तो प्रकरण दोहोरिन नदिने प्रण गर्नुपर्छ । त्यसका निम्ति वार्ताबाट निस्कने समस्याको हललाई कसैले पनि आफ्नो जित र हारका रूपमा लिनु हुँदैन, नेपाली क्रिकेटको श्रीवृद्धिका लागि आवश्यक पाइलाका रूपमा ग्रहण गर्नुपर्छ । ekantipurबाट
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ११:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP