शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • १७ औषधि पसललाई निलम्बनको कारबाही
१७ औषधि पसललाई निलम्बनको कारबाही
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस ४, २०७८
1
काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो । त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको) उहाँले बताउनुभयो। केसीका अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको छ । अवैध रूपमा सञ्चालन भइरहेका यस्ता औषधि पसलले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको केसीले बताउनुभयो । ‘कात्तिक महिनामा भएको बजार अनुगमनमा सबैभन्दा बढी कैफियत व्यवसायी अनुपस्थित भएको पाइएको छ । औषधि बिक्री–वितरण गर्दा चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम फर्मासिस्ट वा व्यवसायीले गर्नुपर्ने हुन्छ,’ केसीले भन्नुभयो, ‘निरीक्षणका क्रममा धेरै व्यवसायी अनुपस्थित भेटिएका छन् ।’ कुन–कुन औषधि पसल निलम्बनमा परे ? विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला परेपछि १७ औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको छ । निलम्बनमा पर्नेमा स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरीनरी सेन्टर, विराज औषधि पसल, कम्युनिटी वेलनेस सेन्टर प्रा.लि, स्याउला वास.पस, दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी छन् । त्यसैगरी, राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, म्हसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक निलम्बनमा परेका छन् । onlinekhabarबाट
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १४:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP