शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ऐनिविपरित सरुवा गरेको भन्दै गोकर्णेश्वरका तीन प्रधानाध्यापकको उजुरी
ऐनिविपरित सरुवा गरेको भन्दै गोकर्णेश्वरका तीन प्रधानाध्यापकको उजुरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस १६, २०७८
gokarna
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रका तीनवटा सामुदायिक विद्यालयहरु सहयोगी माध्यमिक विद्यालय, सुन्ताखान माध्यमिक विद्यालय र बालसुधार माविका प्रधानाध्यापकलाई शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐनविपरित वर्खास्त गरेको पाइएको छ । सरुवाका नाममा चालिसेले तीनवटै विद्यालयका प्राध्यापकहरू क्रमशः झलक अधिकारी सुन्ताखान मावि, निर्माण न्यौपाने सहयोगी मावि र हेमराज घिमिरे वालसुधार माविका प्रधानाध्यापकलाई सरुवाका नाममा बरखास्त गरेका हुन् । केही समय अगाडि नगरस्तरीय बैठकमा दरबन्दी मिलान गर्दा कनिष्ठलाई मात्र पदस्थापन गर्ने, एउटै विषयको २ जना शिक्षक भए जुनियर शिक्षकलाई अन्यत्र पदस्थापन गर्ने र प्रधानाध्यापकलाई नचलाउने मापदण्ड बनाएपनि सो विपरित चालिसेले प्रधानाध्यापकलाई नै बरखास्त गरेको सरुवामा परेका प्रधानाध्यापक हरुले बताएका छन् । चालिसे आफैंले बनाएको मापदण्ड कुल्चेर राजनीतिक प्रतिशोधका आधारमा प्रधानाध्यापकहरूलाई बरखास्त गरेको उनीहरुको भनाइ छ । नगर प्रमुख चालिसेको उक्त कदमविरुद्ध तीनैजना प्रधानाध्यापकहरुले शुक्रबार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा उजुरी दिएका छन् । ‘शिक्षा ऐनको दफा १६ को ज–१,२,३ तथा ४ को व्यवस्थाको प्रतिकूल, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड–ज को व्यवस्था भन्दा बाहिर एवम् शिक्षा नियमावलीले निर्धारण गरेको न्यूनतम् विषयगत दरबन्दी संख्याको व्यवस्था विपरित कुनैपनि मापदण्ड विना विशुद्ध राजनीतिक लाभहानीको विषय बनाई निकट भविष्यको चुनावलाई केन्द्रीत गरी आफ्ना कार्यकर्ता तथा आसेपासेलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ यस्तो पत्राचार गरिएको हो भन्ने हाम्रो निष्कर्ष रहेको छ’, दर्ता गरिएको उजुरीमा भनिएको छ । तर नगर प्रमुख चालिसेले भने नियम अनुसार नै प्रधानाध्यापक को सरुवा गरेको बताए । ‘उहाँहरुको लामो समय भएको थियो । नगरपालिकाका केही स्कुलमा विषयगत शिक्षकहरु नभएर समस्या भएपछि नियमअनुसार नै सरुवा गरिएको हो’ चालिसेले रातोपाटीलाई बताए ।न्यौपानेलाई गोकर्ण माध्यमिक विद्यालय पाटिचौरमा सरुवा गरिएको छ भने अधिकारीलाई सहयोगी माध्यमिक विद्यालय र घिमिरेलाई सुन्ताखान माविमा सरुवा गरिएको हो । रातोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १३:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP