शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • भारतमा एकदिनमै ३३ हजार ७५० संक्रमित थपिए
भारतमा एकदिनमै ३३ हजार ७५० संक्रमित थपिए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस १९, २०७८
काठमाडौं । भारतमा एक हप्ताको अवधिमा कोभिड–१९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १२३ जनाको मृत्यु भएको भने १० हजार ८४६ जना संक्रमण मुक्त भएका छन् । यसैबीच, भारतमा तीव्र गतिमा फैलिइरहेको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा फेला परेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरल सबैभन्दा बढी प्रभावित बनेका छन् । ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ सोमबारसम्म ५१० जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित धेरै रहेको सूचीमा दोस्रो स्थानमा रहेको दिल्लीमा आजसम्म ३५१ जनामा यो भेरियन्ट पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, केरलामा १५६, गुजरातमा १३५, तमिलनाडुमा १२१ र राजस्थानमा १२० जनामा ओमिक्रोन देखा परिसकेको छ । कर्नाटकमा सोमबार थप १० जनामा ओमिक्रोन देखिएसँगै कुल संक्रमितको संख्या ७६ पुगेको छ । ओमिक्रोन फैलिएका अन्य भारतीय राज्यमा हरियाणा (६३), ओडिसा (३७), पश्चिम बंगाल (२०), आन्ध्र प्रदेश (१७), मध्य प्रदेश (९), उत्तर प्रदेश (८), उत्तराखण्ड (८), चन्डीगढ (३), जम्मू(कश्मीर (३) र अन्डामान एण्ड निकोबार टापू (२) रहेका छन् । हालसम्म गोवा, हिमाचल प्रदेश, लद्दाख, मनिपुर र पञ्जाबमा १–१ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको द मिन्टले जनाएको छ । अनलाइनखबरबाट
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १४:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP