शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • क्रिकेट विवादमा सहमति : सबै खेलाडी प्रशिक्षणतर्फ
क्रिकेट विवादमा सहमति : सबै खेलाडी प्रशिक्षणतर्फ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २०, २०७८
hgf
काठमाडौँ । ओमानमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोलीले सोमबारबाट अभ्यास थालेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि ग्रेडिङ विवाद उत्कर्षमा पुगेपछि १६ खेलाडीले मात्र होटलमा रिपोर्टिङ गरेका थिए। खेलाडी वर्गीकरणका विषयलाई लिएर भएको विवाद बढ्दै जाँदा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित करिब एक दर्जन खेलाडीले बन्द प्रशिक्षण नै बहिष्कार गरेका हुन्। शनिबारसम्म खेलाडीले होटलमा रिपोर्टिङ गर्नुपर्ने भएता पनि करिब १६ खेलाडी उपस्थित भए। सोमबारबाट प्रशिक्षण सुरु हुँदा कारबाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीसहित ९ जना खेलाडी प्रशिक्षणमा सहभागी भएनन्। यद्यपि, आइतबार साँझ भने सबै होटलमा रिपोर्टिङ गर्न पुगे। ‘बाँकी खेलाडीले पनि आज नै रिपोर्टिङ गरिसकेका छन्। अब पिसिआर रिपोर्ट आएपछि उनीहरूले पनि छिट्टै अभ्यास सुरु गर्नेछन्,’ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले भने। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह र नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले आइतबार नै असन्तुष्ट खेलाडीलाई मनाउन विभिन्न चरणमा छलफल गरेका थिए। जहाँ उनीहरूले ६ महिनाको कारबाही फुकुवा गर्न माग राख्दा क्यान सकारात्मक बनेको थियो। तथापि, कप्तान परिवर्तनको निर्णय यथावत् रहने क्यानको अडानका कारण ज्ञानेन्द्रले समय माग गरे। ज्ञानेन्द्रले सहकर्मीसँग सल्लाह गरेर निर्णय लिने उल्लेख गर्दै समय माग गरेका हुन्। त्यसकारण सोमबार त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु हुँदा उनीहरू उपस्थित भएनन्। विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए। सोमबार प्रशिक्षणका क्रममा प्रशिक्षक पुबुदु दसानायकेले क्यान र खेलाडीबीचको छलफल निकै सकारात्मक र फलदायी भएको बताए। ‘पहिलो दिनको अभ्यासमा १६ खेलाडी उपस्थित भए। केही दिनमा सबै खेलाडीको उपस्थितिमा क्याम्प सुचारु हुनेछ,’ प्रशिक्षक पुबुदुले भने, ‘खेलाडीसँग क्यानले गरेको छलफल निकै सकारात्मक र फलदायी भयो ।’ नेपाली टोलीका नयाँ कप्तान सन्दीप लामिछाने बिग बासमा भएकाले उनी प्रशिक्षणमा उपस्थित भएका छैनन्। क्यानले कारबाही स्वरूप ज्ञानेन्द्रको स्थानमा सन्दीपलाई कप्तानीको जिम्मेवारी दिएको थियो। पहिलो दिनको अभ्यासमा उपस्थित खेलाडीले फिटनेसका लागि अभ्यास गरे। ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल आगामी फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ। उक्त समूहमा नेपालसँगै आयोजक ओमान, आयरल्यान्ड, युएई, फिलिपिन्स, जर्मनी, क्यानाडा र बहराइन छन्। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १०:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP