शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म सधैंभरि कप्तान बन्न आएको होइन : मल्ल
म सधैंभरि कप्तान बन्न आएको होइन : मल्ल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २०, २०७८
malla
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताउनुभएको छ । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा त्रिवि क्रिकेट मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताउनुभएको हो । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच केही कुरामा असन्तुष्टि देखिए पनि विवाद भनेर चित्रित गरिएको उहाँले बताउनुभयो । उहाँले अब सबै खेलाडी विश्वकप छनोटमा केन्द्रित हुने पनि बताउनुभयो । उहाँले टिममा कसैसँग दुस्मनी नभएको उल्लेख गर्दै भन्नुभयो, 'हामी एकअर्काबीच दुस्मनी छैन । १०–१२ वर्षदेखि हामी सबै सँगै खेलिरहेका छौँ कसैसँग मनमुटाव भएको होइन । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यत्रो दिन यस्तो अवस्था आउँथेन । वर्गीकरण गर्दा हामीलाई जानकारी गराइएको थिएन । त्यसैले अलिअलि असन्तुष्टि पैदा भएको हो ।' त्यस्तै मल्लले आफूलाई बिनाजानकारी कप्तानबाट हटाउँदा दु:ख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, 'सुरुमा बिनाकारण र जानकारी कप्तानबाट हटाइँदा अलिअलि दु:ख लाग्यो । अलि गाह्रो भएको थियो । हामी कहिल्यै पनि बोर्डविरुद्ध गएका होइनौँ । आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो । सधैंभरि कप्तान बन्न भनेर आएको होइन । हुनुपर्छ भन्ने पनि होइन । म देशका लागि खेल्ने हो । मेरा लागि खेल्छु, परिवारका लागि खेल्छु मेरो मुख्य उद्देश्य नै त्यही हो ।' त्यस्तै क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ता लिने सहमति भएको पनि मल्लले जानकारी दिनुभयो । क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयबारे सञ्चारमाध्यममा गएर बोलेका कारण कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवादले ठूलो रूप लिएको हो । त्यस्तै क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पद खोस्दै सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो । ekantipur बाट
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १३:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP