शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओमिक्रोनले गम्भीर पार्दैन भन्ने थप तथ्यहरू आउँदैछन् : डब्लुएचओ
ओमिक्रोनले गम्भीर पार्दैन भन्ने थप तथ्यहरू आउँदैछन् : डब्लुएचओ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस २१, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीले हाल संसारभरि फैलिइरहेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले स्वास्थ्यमा गम्भीर असर पार्दैन भन्नेबारे थप तथ्यहरू आइरहेको बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार मंगलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै डब्लुएचओका इन्सिडेन्ट म्यानेजर अब्दी महामुदले थप अध्ययनहरूले ओमिक्रोनले श्वास–प्रश्वास प्रणालीको माथिल्लो भागमा असर गर्ने र संक्रमण तीव्र भए पनि संक्रमितलाई गम्भीर समस्या नहुने देखिएको बताएका हुन्। पछिल्लो समय अमेरिकालगायत मुलुकमा ओमिक्रोनका संक्रमित ह्वात्तै बढे पनि मृत्युदर र अस्पताल भर्ना हुने दर कम रहनुको पछाडि ओमिक्रोनले गम्भीर असर नपार्नु कारण भएको महामुदले बताउनुभयो । यो खुसीको खबर हुन सक्छ तर हामीले यसलाई प्रमाणित गर्न अझ धेरै अध्ययनहरू गर्नुपर्छ,’ उहाँले भन्नुभयो। गत नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको थियो। डब्लुएचको तथ्यांकअनुसार ओमिक्रोन अहिले संसारका १२८ देशमा फैलिसकेको छ। दक्षिण अफ्रिकाले भने आफूले ओमिक्रोनको लहर पार गरिसकेको बताएको छ। गत बिहीबार दक्षिण अफ्रिकाको सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाएको थियो। ‘ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढ्यो, उच्च विन्दुमा पुग्यो र अहिले झरेर सुस्त भएको छ,’ दक्षिण अफ्रिका मेडिकल रिसर्च काउन्सिलका फारिद अब्दुल्लाहले भन्नुभयो,‘चार सातामा संक्रमण उच्च विन्दुमा पुग्यो र पछिल्ला दुई सातामा ओह्रालो लागेको छ। यो लहरभन्दा पनि अचानक आएको बाढीजस्तो थियो।’ महामुदले भने दक्षिण अफ्रिकाको विशेष परिस्थिति भएकाले सबै ठाउँमा ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकाको जस्तै नहुन सक्ने बताउनुभयो। जनसंख्यामा उमेर समूह, खोप लगाउने मानिसको संख्या आदि कुराले संक्रमण कसरी बढ्छ भन्ने फरक पर्ने उहाँको भनाइ छ। धेरै मानिसले खोप नलगाएका देशमा केही समयपछि ओमिक्रोनको संक्रमणले अस्पतालहरू भरिन सक्ने उहाँले चेतावनी दिनुभयो । अहिले अमेरिका र युरोपसहित विभिन्न मुलुकमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ। मंगलबार एकैदिन संसारभरि २१ लाख बढी मानिस संक्रमित भएका छन् । सेतोपाटी
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP