शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्नपूर्ण गाउँपालिका
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारित,३४ करोडको बजेट प्रस्ताव
अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारित,३४ करोडको बजेट प्रस्ताव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार ११, २०७६
IMG_9357

बेनी ,बुधबार असार ११ गते । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगार लाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले निति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग,पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ ।
गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर गर्वुजा पुनले सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित गर्ने निति तथा कार्यक्रम मार्फत गाउँपालिकालाई आर्थिक–सामाजिक समृद्धि बनाउने बताउनुभयो ।

सोमबार गाउँपालिकाको केन्द्र पोखरे बगरमा आयोजित गाउँसभामा कृषि, पर्यटन, जलविद्युत, रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको निति तथा कार्यक्रम संगै प्रस्ताबित बजेटले विगतमो योजनाले जनताको आवश्यकतको बिकासको बाटोतय गरेको उल्लेख गदै अध्यक्षसंग लागू औषध दुब्र्यसनी नियन्त्रण कार्यक्रम,अध्यक्षसंग जेष्ठ नागरिक साक्षात्कार तथा सम्मान कार्यक्रम र उपाध्यक्ष संग महिला शसत्तिकरण कार्यक्रमलाई जोड दिएको छ ।

साथै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै ब्यवसायीकरण गर्ने घुम्ती खेती प्रणालीलाई प्रोत्साहन गर्दै जमिन बाँझो छोड्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने । अर्गानिक खेती प्रणाली विकास लाई पालिकास्तरमा ब्यापक बनाईने, पशुपालनको क्षेत्रमा उन्नत नश्लका गाई,भैंसी, भेडा, च्यांग्रा तथा चौँरी गाईको व्यवसायिक उत्पादन गर्नुका साथै स्थानीय जातका पशुहरुको आनुवांशिक संरक्षणका कार्यक्रम सञ्चालन मार्फत पशुजन्य उत्पादन अभिवृद्धि गरिनेछ र्।

प्रसिद्घ अन्नपूर्ण पदमार्ग सर्कीट, अन्नपूर्ण हिमाल, नीलगिरी हिमाल, रुप्से झरना, पुनहिल, सबै भन्दा बढी थरीका गुरास फुल्ने जंगल, संरक्षित गर्ने,आउने स्वदेशी तथा विदेशी पर्यटकहरु एवं अनुसन्धानकर्ताहरुका लागि आकर्षण गर्न थप पदमार्गको विकास गर्न त्यको लागि ट्रेकिङ रुटमा होमस्टे निर्माण गर्ने, पदयात्रीहरुको जानकारीका लागि ठाउँठाउँमा पर्यटकीय सूचना केन्द्र तथा जानकारीहरु सहितका वोर्डहरु राख्ने स्थानिय सांस्कृतिक तथा कला संस्कृति तथा रितिरिवाजको संरक्षण, सम्वद्र्धन गर्ने आगमि आर्थिक वर्ष २०७६लाईपर्यटकिय महोत्सवहरु आयोजना गरी अन्नपूर्ण पर्यटन बर्ष मनाईने निति तथा कार्यक्रममा उलेश्ख गरिएको छ ।वनजंगल तथा वातावरण जोगाउन वैकल्पिक उर्जा मार्फत दाउराको प्रयोगलाई क्रमशः विस्थापन गर्ने नीतिलाई निरन्तरता दिने“जलबिद्युतकोे उत्पादन अन्नपूर्णको स्वाभिमान कार्यक्रमलाई निरन्तरता दिदै विद्युतको भरपर्दो व्यवस्था गर्ने,

गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त ,दुरुस्त र प्रभावकारी बनाउन पूर्ण रुपमा ईन्टरनेट मार्फत सेवा प्रदान गर्ने लक्षित वर्गलाई कानुन बमोजिमको सुविधा उपलब्ध गराउने ,दलित, अल्पसंख्यक, अपांग, महिला तथा वालवालिका लगायत लक्षित वर्गका लागि क्षमता अभिबृद्घि तथा सशक्तिकरणका कार्यक्रम गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गर्ने वडालाई अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउने सबै वडामा बैकं मार्फत वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ,आगामी दुई बर्षभित्र एक घर, एक धारा कार्यक्रम सञ्चालन सुरक्षित खानेपानीको प्रबन्ध गर्ने बालबालिकाको विद्यालय छोड्ने दर कम गर्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने तयारी गरिएको छ।विद्यालयको पूर्वाधार विकास, शिक्षकको पेशागत हकहित तथा शिक्षण पेशामा प्रतिबद्घ गराईे साक्षरता दरमा बृद्धि गरिने । प्रत्येक बर्ष अन्नपुर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न युवा प्रोत्साहनका लागि गाउँपालिका अध्यक्षसंग युवा खेलकुद प्रतियोगिता कार्यक्रम लाईएको छ ।उद्योग तथा रोजगारीका अन्य अवसरहरुलाई खोजी युवाहरुलाई रोजगारको अवसर दिने, आफ्नो मातहतका कार्यालयहरु मार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुणात्मकता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुबाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण गर्ने लागि पर्ने ,प्राकृतिक प्रकोपसँग जुध्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्ने, राजस्वलाई थप व्यवस्थित गरि परिचालन तथा राजस्व चुहावट नियन्त्रणमा जोड दिदै राजस्वका दायराहरु फराकिलो पारी आन्तरिक आम्दानी वृद्धि गर्न तातोपानी कुण्ड, घोरेपानी, पुनहिल, रातोपानी कुण्डबाट राजस्व संकलन भएको रकमलाई पर्यटन क्षेत्रमा लागानी गर्ने अन्नपूर्ण संरक्षण क्षेत्रबाट हुने आयलाई प्रचलित कानूनमा भएको ब्यबस्था अनुसार पालिकाको कोषमा ल्याईने ।

रुप्से झरना, बयली, महरे डाँडा ,खोप्रा लेख, ढाड खर्क लगायतका अन्य सम्भावित पर्यटकिय स्थलहरुहरुको पहिचान गरी ति क्षेत्रबाट समेत राजस्व रकम संकलन गर्ने लगायतका यूवाहरूलाई केन्द्रित गरी रोजगारमुलक योजनाहरू निति तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको छ । गाउँपालिका भित्रका विभिन्न पर्यटकीयस्थलमा पूर्वाधार तथा हरेक बर्ष गाउँपालिकास्तरीय पर्यटन महोत्सवलाई जोड दिइएको छ । गाउँसभाको अवसरमा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँसभाका सदस्य र वडा अध्यक्षहरुले राय राखेका थिए भने कार्यक्रमको संचालन सदस्य सचिव केदारनाथ शर्माले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ११:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP