शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो
भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २२, २०७८
245238043_1076051733221615_2692481266763033117_n
एजेन्सी । भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा २६ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ८ जनाको ज्यान गएको छ। मुम्बईमा मात्र १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १२१८ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ भने ८० जनालाई अक्सिजन आवश्यक परेको मुम्बई राज्य सरकारले जनाएको छ। मुम्बईमा पछिल्लो २४ घन्टामा संक्रमित हुने संख्या ११ हजार २०६ दोस्रो लहरको कोरोनामा सर्वाधिक संक्रमित हो।यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ४ जना पुगेका छन् । यस्तै १५ हजार ३८९ जना निको भएका छन् भने ५३४ जनाको मृत्यु भएको छ। यस्तै भारतका २४ राज्यमा ओमिक्रोन फैलिएको छ। पछिल्लो तथ्याङ्क अनुसार २१३५ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ।जसमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ६५३ र दिल्लीमा ४६४ जनामा ओमिक्रोन पुष्टि भएको छ । यसैबीच भारतमा ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित राजस्थानका ७३ वर्षिय एक पुरूषको निधन भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १०:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP