शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : डब्लूएचओ
ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : डब्लूएचओ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २३, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् । सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको र अमेरिकामा यो सङ्ख्या १०० प्रतिशत रहेको छ । गम्भीर बिरामीहरूमध्ये ९० प्रतिशत खोप नलगाएकाहरू छन् । खोप लगाएका मानिसमा डेल्टाको तुलनामा ओमिक्रोन कम घातक रहेको पाइएको छ तर यसलाई ‘माइल्ड’ नै भनेर वर्गिकरण गर्न मिल्दैन,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. टेड्रोसले भन्नुभयो, ‘पहिलाका भेरियन्टजस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना गरिरहेको छ, ज्यान लिइरहेको छ । सङ्क्रमितको सुनामी यति ठूलो र तीव्र छ कि यसले विश्वभरकै स्वास्थ्य व्यवस्थालाई तहसनहस बनाउँदैछ ।’ ओमिक्रोन निकै सङ्क्रामक रहेको छ र यसले खोप लगाएका मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ । तर, खोपले गम्भीर बिरामी बनाउनबाट भने रोक्ने बताइएको छ । बिहीबार बेलायतमा १ लाख ७९ हजार ७५६ जना सङ्क्रमित थपिएका छन् भने २३१ जनाले ज्यान गुमाएका छन् । विश्वका अन्य देशहरूमा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ । डेल्टाले आईसीयूमा दबाब बढेको थियो भने ओमिक्रोनले जनरल बेडहरूमा दबाब बढेको बताइएको छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १०:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP