शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • दिल्लीमा लकडाउन हुँदैन : केजरीवाल
दिल्लीमा लकडाउन हुँदैन : केजरीवाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २५, २०७८
bharat
एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिनुभएको छ । तर यसका लागि उहाँले एउटा शर्तसमेत राख्नुभएको छ । उहाँका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन । केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गर्नुभएको छ । यसका साथै उहाँले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दिनुभयो । उहाँले आफू कोरोनाभाइरसको संक्रमणबाट निको भइसकेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘७–८ दिन म होम हाइसोलेशनमा बसेँ । तपाईंहरुले प्रार्थना गरिदिनुभयो, त्यसका लागि धन्यवाद । मलाई दुई दिन ज्वरो आएको थियो, त्यसपछि म निको भएँ । म तपाईंहरुको सेवामा पुनः हाजिर छु ।’ उहाँले दिल्लीमा कोरोनाको स्थितिबारे कुरा गर्दै भन्नुभयो, ‘दिल्लीमा कोरोनाको गती तीब्र रुपमा बढिरहेको छ, त्यसको विषयमा म चिन्तित थिएँ र सबै अधिकारीसँग सम्पर्कमा थिएँ । आज बेलुका २२ हजार कोरोना संक्रमित भेटिन सक्छन् । तीब्र रुपमा संक्रमित बढिरहेका छन् तर डराउनुपर्ने कुरा छैन । यो म आँकडाको अध्ययनको आधारमा भनिरहेको छु ।’ पछिल्लो लहरमा अघिल्लो वर्ष ७ मेमा २० हजार संक्रमित भेटिएका थिए र ३४१ जनाको मृत्यु भएको थियो तर हिजो जब २० हजार संक्रमित भेटिए तब ७ जनाको मृत्यु भयो । यो लहरमा कम मृत्यु भइरहेको छ । मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने अवस्था कम छ ।’ डराउनु पर्दैन तर जिम्मेवारीका साथ काम भने गर्नुपर्छ । मास्क लगाउन असाध्यै जरुरी छ । हामी लकडाउन लगाउँदैनौँ यदि तपाईंहरुले मास्क लगाउनुहुन्छ भने । दिल्लीमा लकडाउन लगाउने कुनै योजना छैन । मानिसको रोजगार चल्न सकोस् भनेर निकै कम प्रतिबन्ध लगाउने हाम्रो कोसिस छ ।’ ‘अघिल्लो वर्ष अप्रिलमा हामीले कोरोनाको लहर पार गरेका थियौँ, यसपटक पनि पार गर्नेछौँ । धेरैभन्दा धेरैले कोरोनाको भ्याक्सिन लगाउनुहोस्,’ उहाँले भन्नुभयो । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १३:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP