शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • भारतद्धारा नेपालसँग सीमा जोडिएका क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा
भारतद्धारा नेपालसँग सीमा जोडिएका क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २६, २०७८
kumar
काठमाडौं । भारतको उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका सात जिल्लाका मतदान केन्द्रहरूलाई संवेदनशील घोषणा गरेको छ । उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा नेपालसँग सीमा जोडिएका जिल्लाहरूलाई संवेदनशील क्षेत्र घोषणा गरेको हो । पिलिभित, महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, बलरामपुर, श्रवास्ती र लखिमपुर खिरी क्षेत्रलाई संवेदनशील मानिएको हो । उत्तर प्रदेशका कूल ४०३ विधानसभा सिटका लागि सात चरणमा निर्वाचन हुँदैछ । यीमध्ये नेपालसँग सीमा जोडिएका सात जिल्लाका सहित करिब एक चौथाइ क्षेत्रलाई संवेदनशील घोषणा गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । कुनै क्षेत्रलाई संवेदनशील घोषणा गरिनुका विभिन्न कारणहरू हुन्छन् । तीमध्ये राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, आपराधिक तत्व, साम्प्रदायिक र जातीगत तनाव, उग्रवाद प्रमुख छन् ।उत्तरप्रदेशमा पाँच वर्ष अगाडिको विधानसभा चुनावको तुलनामा यस पटक मतदान केन्द्रको संख्यामा करीब दुई प्रतिशतले वृद्धि भएको छ र बुथहरूको संख्या पनि १८.४५ प्रतिशत बढी छ । निर्वाचनका लागि ९२ हजार ८२१ मतदान केन्द्र छन् । यी मतदान केन्द्रहरूमा १ लाख ७४ हजार ३५१ बुथ बनाइएको छ । भारतीय अधिकारीहरूका अनुसार उत्तर प्रदेशका विभिन्न जिल्लामा अपराध कर्मममा संलग्न २७५ जना र जेलमा बन्द रहेका ८६९ जनाको पहिचान गरिएको छ । उनीहरूले निर्वाचनमा कुनै न कुनै तरिकाले प्रभावित पार्न सक्ने भएकाले उनीहरूमा कडा निगरानी राख्दै सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट  
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ११:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP