शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पीएम कप टी २० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो
पीएम कप टी २० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २७, २०७८
khel
काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो । आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले १८ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३५ रन योगदान गर्दा दिलिप नाथ र रासिद खानले लोअर अर्डरमा राम्रो ब्याटिङ गर्दै पुलिसलाई जित दिलाए । भुर्तेलले २२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाए । रासिद खानले १९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । यस्तै अनिल शाहले ११ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २२ रन योगदान गरे । दिलिप नाथले २५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २५ रन जोडे । विजयी चौका प्रहार गरेका योगेन्द्र सिंह कार्कीले अविजित ९ रन बनाए । बलिङमा आर्मीका शाहब आलमले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो दिन कर्णाली विरुद्ध ४ विकेट लिएर म्यान अफ म्यच बनेका जितेन्द्र मुखिया पुलिस विरुद्ध २ विकेट लिँदा केही महँगा बने ।उनले ४ ओभरमा २७ रन खर्चिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले एक बल अगाडि नै अलआउट हुँदै १३७ रन बनाएको थियो ।आर्मीका लागि कप्तान विनोद भण्डारी र सोमपाल कामी बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । विनोदले ३६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए भने लगातार ओपनिङ गरेका सोमपालले ३५ बल खेल्दै ६ चौका मद्दतमा ४२ रन जोडे । हरि चौहान, कुशल मल्ल र सुशन भारीले समान १२ रन बनाए ।आर्मीलाई मध्ययम स्कोरमा रोक्न आर्मीकै पूर्व खेलाडी करण केसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । गुल्शन झा र योगेन्द्र सिंह कार्कीले २–२ तथा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १२:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP