शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ललिता निवास जग्गा प्रकरण : जमानीमा छुटे सुवेदी दम्पती
ललिता निवास जग्गा प्रकरण : जमानीमा छुटे सुवेदी दम्पती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस २८, २०७८
lalitanibas
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ । पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले बताउनुभयो । सिआइबीले लिखत किर्ते कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन सिआइबीलाई नै फिर्ता पठाएको थियो ।जिल्ला सरकारी वकिल कार्यालयले सो कसुर ०६९ भन्दा पहिलेको भएकाले मुलुकी ऐनअनुसार अनुसन्धान हुने भन्दै हदम्याद नसकिने निष्कर्ष निकालेको छ । सो निष्कर्षका आधारमा तत्काल मुद्दा नचल्ने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले थप अनुसन्धानका गर्न बुँदागत निर्देशनसहित अनुसन्धान प्रतिवेदन फिर्ता गरेका थियो ।सरकारी कागजात ‘किर्ते’ आरोपी सुवेदी दम्पती जग्गा हिनामिना गर्ने मुख्य योजनाकार हुन् । बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिले जग्गा हिनामिनाबारे केन्द्रीय अनुसन्धान ब्यूरोलाई विस्तृत अनुसन्धान गर्न दिनुपर्ने सुझाव दिएपछि गृहमन्त्रालयले ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । सुवेदी दम्पती काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचलका हुन् । सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर आफ्नो नाममा लिएका थिए । उनीहरुले तत्कालीन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रयोग गरेर सो जग्गा आफ्नो नाममा ल्याएर बेचेको आरोप छ । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP