शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सहकारीको ५ करोड रकम हिनामिना प्रकरण : २ जना कारागार चलान
सहकारीको ५ करोड रकम हिनामिना प्रकरण : २ जना कारागार चलान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस २८, २०७८
दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले बताउनुभयो । कारागार चलान भएका भण्डारी तत्कालीन लालमटिया गाविस–८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै उनी तत्कालीन नेकपा हुँदा राप्ती गाउँपालिका इञ्चार्ज र पार्टीको जिल्ला सदस्य थिए । त्यस्तै ज्ञवाली एमालेका संगठित सदस्य र राप्ती गाउँपालिका वडा नं. २ सक्रिय सदस्य हुन् । साविकको महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्था मर्ज भएर हाल देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् । सो सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि नै दाङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP