शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रधानमन्त्री कप क्रिकेट : पुलिस समूह चरणमा अपराजित
प्रधानमन्त्री कप क्रिकेट : पुलिस समूह चरणमा अपराजित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ ३, २०७८
crecek
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ । शनिबार नै हुनुपर्ने पुलिस र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाका कारण स्थगित गरेर आज खेलाइएको हो ।कुशल भुर्तेलले ४४ रन बनाएपछि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य पुलिसले १३.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । भुर्तेलले २८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्र सिंह भरीले १३ बलमा २० रन योगदान गरे । अनिल शाहले २४ बलमा अविजित २० रन बनाए । आरिफ शेखले ४ बल खेल्दै २ चौका प्रहार गरेर १० रनमा अविजित रहे । प्रदेश १ का फिर्दोस अन्सारी, दिपेश कँडेल, मुकुन्द यादव र मनोज तामाङले १–१ विकेट लिए ।त्यसअघि टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । ओपनर मिनास थापाले अर्धशतक बनाएपनि अन्य खेलाडीले गतिलो साथ नदिँदा प्रदेश १ ले ठूलो स्कोर बनाउन सकेन ।मिनासले ५९ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५९ रन नै बनाए । श्रवण यादवले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।बलिङमा नेपाल पुलिसका आरिफ शेखले ३ ओभरमा २ मेडन राख्दै ३ रन मात्र खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र कप्तान मन्जित श्रेष्ठले पनि २–२ विकेट लिए । ३ ओभर बलिङ गर्दा दीपेन्द्रले ८ र मन्जितले २० रन खर्चिए । यस्तै करण केसी र यसै खेलमार्फत मैदान फर्केका सागर ढकालले समान १ विकेट लिए । प्रतियोगिताको दुवै सेमिफाइनल मंगलबार हुनेछ । जहाँ नेपाल पुलिसले बागमती प्रदेश र आर्मीले एपीएफसँग खेल्नेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । अनलाइनखबरबाट
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १२:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP