शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस
ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ ५, २०७८
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्‍याउनुभएको छ । नियमित प्रेस ब्रिफिङमा बोल्दै उहाँले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने बताउनुभएको छ । 'ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ,' उहाँले भन्नुभयो । उहाँका अनुसार विश्वभर नै भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले गर्दा धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको छ । उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने उहाँले बताउनुभएको छ । 'ओमिक्रोनको फैलिने क्रमलाई रोक्नका लागि म सबैलाई आ–आफ्नो स्थानबाट सकेको मद्दत गर्न अपिल गर्छु,' उहाँले भन्नुभएको छ, 'ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप हो । त्यसैले खोप नलगाएकाहरुलाई म खोप लगाउनका लागि पनि आग्रह गर्छु ।' उहाँले ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य हुने लक्षण नदेखिएको बताउँदै सम्भवतस् नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिनुभयो । उहाँले ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उहाँले जानकारी दिनुभयो । डा. टेड्रोसले अर्को साता ३४ राष्ट्र सहभागी हुने विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्ड बैठक पनि बस्न गइरहेको बताउँदै, सो बैठकको प्रमुख एजेण्डा पनि महामारी र खोपको समतामूलक वितरणमै केन्द्रित हुने बताउनुभयो । ekantipurबाट
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १४:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP