शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रत्येक सक्षम नागरिकले २ सय किलो मानव मल प्रदान गर्न किमको उर्दी
प्रत्येक सक्षम नागरिकले २ सय किलो मानव मल प्रदान गर्न किमको उर्दी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १२, २०७८
एजेन्सी । उत्तर कोरिया मलको अभावसँग जुझिरहेको छ । यसलाई मध्यनजर गर्दै किम जोङ उहाँले जनतालाई नयाँ अचम्म लाग्दो उर्दी जारी गर्नुभएको छ । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्टको योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दीमा भनिएको छ । गत वर्ष सरकारले प्रत्येक नागरिकलाई जनवरी महिनाको पहिलो अर्धवार्षिक अवधिमा १०० किलोग्राम मानव मल उपलब्ध गराउन भनिएको थियो । यसलाई यो वर्ष दुई गुणा बनाइएको हो । एक रिपोर्टका अनुसार सरकारी कम्पनीलाई पनि ५०० किलो मानव अपशिष्टको योगदान गर्न भनिएको छ । यो जानकारी उत्तर कोरिया र चीनको सीमामा मोबाइल फोनको माध्यमबाट एक अर्कासँग खबरको आदान प्रदान गर्नेहरूबाट प्राप्त भएको हो । त्यहाँको ठुलो जनसङ्ख्या भोकमरीको शिकार भएपछि सरकारले खेतमा मलका लागि मानव अपशिष्टको प्रयोगलाई बढाउँदै लगेको छ । उत्तर कोरिया रासायनिक मल र युरियाका लागि चीनमाथि निर्भर रहँदै आएको छ । कोरियासँग खेतीका लागि आवश्यक मेसिनरी र उपकरण पनि छैन । कोरोनाका कारण गत २ वर्षदेखि सीमा सील पनि गरिएको छ । यसै कारणले युरियाको आयात पनि गर्न सकिएको छैन । केही वर्षदेखि आएको बेमौसमी बाढी र आँधीले पनि कोरियाको बालीमा नोक्सानी पुर्‍याएको थियो । यसले उत्पादनमा समेत कमी आएको छ । यसै कारणले उत्तर कोरियाको २.५८ करोड जनसङ्ख्याको ठुलो हिस्सामा भोकमरी देखा परेको बताइएको छ । गत वर्ष ४० लाख टन भन्दा कम अन्न उत्पादन भएको थियो । विज्ञका अनुसार यो देशका जनताको पेट भर्न ५२ लाख टन अन्नको आवश्यकता पर्छ । अर्थात् माग भन्दा २१ प्रतिशत कम अन्न उत्पादन भएको थियो । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १४:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP