शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई
राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार २५, २०७६
presedent cup (3)

बेनी ,बुधबार असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिन सम्म संचालन भएको विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ ।

१० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको छ । सामुदायीक विद्यालयहरुबाट प्रकाश माविले ७ स्वर्ण, २ कास्य र १ रजत पदक सहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा ४ स्वर्ण र १ कास्यसहित वेष्टपोईन्टका इश्वर सेन्चुरी र सोही विद्यालयकी आईसा केसीले ३ स्वर्ण जितेर प्रतियोगिताका उत्कृष्ट खेलाडी बने । संघिय संरचना अनुसार नगररगाउँपालिका स्तरमा संञ्चालन गरिएको प्रतियोगिताबाट पहिलो र दोस्रो भएका विद्यालय र खेलाडी विच जिल्ला तहमा प्रतिस्पर्धा गराईएको हो ।

राष्ट्रपति शिल्ड प्रतियोगिताको मुख्य आकर्षण मानिने भलिवल खेलमा छात्रा तर्फ बेनी नगरपालिकाका माउण्ट एभरेष्ट आवसीय माविलाई ३–१ सेटमा पराजित गरी अन्नपूर्ण गाउँपालिकाको ज्ञानप्रकाश माध्यामिक विद्यालय पहिलो भएको छ । त्यसैगरी छात्र भलिवल तर्फ मंगला गाउँपालिकाको मंगला माध्यामिक विद्यालयलाई ३–१ सेटमा पराजित गरी बेनीको माउण्ट एभरेष्ट आवसीय मावि पहिलो भएको छ ।

प्रतियोगितामा छात्ररछात्रा भलिवल, एथलेटिक्स तर्फका छात्ररछात्रा एक, दुई, चार, आठ सय र पाँच हजार मिटर दौड, एकरएक तथा चाररचार रिले दौड, सटफुट, हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प र मार्सल आर्टसका विभिन्न खेल समावेश थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यालयले क्रमश शिल्ड, प्रमाण–पत्र, मेडल र नगद १५ हजार, १२ हजार र ९ हजार नगद हात पारे ।

गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले विजेता विद्यालयलाई बधाई दिनुभएको थियो ।विजेता विद्यालयलाइ आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बधाई व्यक्त गर्नुभयो । प्रतियोगितामा छनौट भएका विद्यालयले पोखरामा हुने गण्डकी प्रदेश स्तरीय खेलकुदमा सहभागि हुने जानकारी दिनुभयो ।


प्रकाशित मिति: बुधबार, असार २५, २०७६  २१:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP