शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • रेलवेको परीक्षामा धाँधली भएको भन्दै रेलमा आगो लगाइयो
रेलवेको परीक्षामा धाँधली भएको भन्दै रेलमा आगो लगाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १२, २०७८
rail bihar
एजेन्सी । रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ । आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए । रेलवे स्टेसनमा प्लेटफर्मभर ढुङ्गा देख्न सकिन्थ्यो भने रेलका झ्यालहरू फुटेको समेत देख्न सकिन्थ्यो । जागिरका उम्मेद्वारहरुले रेलवेको कर्मचारी परीक्षामा छनौटको प्रक्रियालाई लिएर विरोध गरेका थिए । हिंसात्मक घटनाको बारेमा समाचार आएपछि रेलवेले गैर प्राविधिक लोकप्रियतर्फको र लेभल १ परीक्षा निलम्बन गर्ने निर्णय लिएको छ । परीक्षा पास भएका र फेल भएका सबैप्रति दुःख व्यक्त गर्दै परीक्षाको प्रक्रियाको बारेमा छानबिन गर्न एक समिति समेत गठन गरिएको बताएको छ । दुवै पक्षलाई सूचिकृत गरिएपछि समितिले रिपोर्ट रेल मन्त्रालयमा पेस गर्ने छ । मंगलबार रेलवेले सूचना जारी गरेको थियो जसमा तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न जागिरका प्रत्याशीहरूहरूलाई रेलवेको भर्ना परीक्षामा समेत संलग्न नगराइने चेतावनी दिइएको छ । प्रदर्शनकारीहरू रेलवेको ट्रयाकमा बसेपछिको यस्तो घटना भएको हो । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP