शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाल र भारतबीच उडान संख्या थपिँदै
नेपाल र भारतबीच उडान संख्या थपिँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ १३, २०७८
ll
काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एकरएक उडान काठमाडौं–दिल्ली–काठमाडौं र दिल्ली–काठमाडौंरदिल्ली रुटमा गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या थप गर्न पठाएको प्रस्तावमा भारत सरकारले यसैसाता सहमति दिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार एयर बबल स्कीमका शर्त कायमै रही उडान संख्या थप गर्ने गरि भारत सरकारले अनुमति दिएको छ । यस्तो शर्त ३१ फेब्रुअरीसम्म कायम रहने छ । भारतले ओमिक्रोनको फैलावटसँगै जनवरी २०२२ भर एयर बबल स्कीममा शुरुवातमा दिएका उडान अनुमति मात्र कायम राखी अन्य उडान अनुमति रोकेको थियो । सोही अनुसार दुबै मुलुकका ध्वजाबाहक कम्पनीले दैनिक एकरएक उडान गर्दै आएका छन् ।अब भने साविकमा अनुमति पाएका सरकारी वायुसेवा बाहेक निजी कम्पनीले समेत नेपाल र भारतमा उडान गर्न सक्ने भएका हुन् । भारतको निजी लगानीको भिस्तारा एयरले नेपालमा १६ फेब्रुअरी (४ फागुन)बाट दिल्ली-काठमाडौं-दिल्ली रुटमा उडान गर्ने गरि मिति नै तोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतबाट तीन वटा कम्पनीले उडानका लागि नेपालसँग अनुमति मागेका छन् । यसमा एयर इण्डिया, भिस्तारासहित इण्डिगो एयर रहेको छ । एयर इण्डिया र भिस्ताराले दैनिक एकरएक र इण्डिगो एयरले दैनिक दुई उडानको अनुमति मागेका छन् । यो भारतीय कम्पनीले नेपालमा पाउने अनुमति संख्या साताको २८ उडान बराबर हो । नेपालबाट भारतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको छ । तोकिएको उडान संख्या भित्र अब नेपाल एयरलाइन्सले समेत उडान थप गर्न सक्ने छ । विगतमा नेपाल एयरलाइन्सले मुम्बई र बैलौंरमा उडान गरिरहेको थियो । ती गन्तब्यमा जान चाहेमा अब नेपाल एयरलाइन्सले सम्बन्धित विमानस्थलमा स्लट लिएर उडान गर्न सक्ने प्रवक्ता कर्णले जानकारी दिनुभयो । एयर बबल स्कीम अनुसार एक अर्का मुलुकका नागरिकले तोकिएको कोभिड प्रोटोकलका प्रावधान पुरा गरि यात्रा गर्न सक्छन् । यी उडानमा तेस्रो मुलुकका पर्यटकलाई भने यात्राको अनुमति छैन । तर, कुटनीतिक नियोग र सम्बन्धित मुलुकले अनुमति दिएका तेस्रो मुलुकका नागरिकले भने यात्रा गर्न सक्छन् । ३१ फेब्रुअरीसम्म निजी कम्पनीले समेत यसै प्रावधान भित्र रहेर उडान गर्नुपर्नेछ । यसरी उडान संख्या थप हुँदा भाडा प्रतिस्पर्धी हुने र यसको फाइदा यात्रुलाई पुग्ने छ । अनलाइनखबरबाट
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १६:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP