शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • नेपालले मलेसियालाई हरायो
नेपालले मलेसियालाई हरायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार २८, २०७६
nepal

काठमाण्डौं ,शनिबार असार २८ गते ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो।

नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो दोस्रो अर्धशतक तथा व्यक्तिगत उच्च स्कोर हो। साथै टी(२० मा नेपाली ब्याट्सम्यानले प्रहार गरेको यो व्यक्तिगत उच्च स्कोर समेत हो।

उत्कृष्ट लयमा देखिएका पारसले ५० बलमा ८ चौका र ५ छक्का हिर्काए। पारस खेलको म्यान अफ दि म्याच भए। शरद भेषवाकारले नटआउट १६ रन जोडे। उनले २० बलमा १ चौका हिर्काए।

त्यसअघि पारससँग ओपनिङमा आएका प्रदीप ऐरीले ८ रन मात्र जोड्न सके। ज्ञानेन्द्र मल्ल २० रनमा ७ रन जोडेर आउट भए। रोहितकुमार पौडेलले ५ रन मात्र जोड्न सके।

बलिङमा मलेसियाका अनवार रहामानले २ विकेट लिए। क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन जोडेको थियो।

मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ५७ रनको योगदान दिए। उनले ४९ बलमा ७ चौका र १ छक्का हर्काए। कप्तान अहमेद फायजले ४५ रन जोडे। उनले ३९ बलमा २ छक्का प्रहार गरे।

अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरे। फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी ० मा पेभिलियन फर्के।

बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए।सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २(२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।

दोस्रो टी(२० खेल आइतबार किनरारा ओभलमै हुनेछ। नेपालले आगामी साउन ६ गतेदेखि सिंगापुरमा हुने आइसिसी टी(२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि मलेसियासँग सिरिज खेलेको हो। सेतोपाटी


प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ११:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP