शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • दुई जनालाई कोरोना संक्रमण भएपछि टोंगामा लकडाउन
दुई जनालाई कोरोना संक्रमण भएपछि टोंगामा लकडाउन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १९, २०७८
एजेन्सी । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा बन्द गरेको हो । गत वर्ष एक जनामा संक्रमण देखिनु बाहेक टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन । प्रधानमन्त्री सियाओसी सोभालेनीले दुई जनामा संक्रमण देखिएको बताउनुभयो । संक्रमित दुबै जना बन्दरगाहमा काम गरिरहेका थिए, जहाँ टोंगालाई विभिन्न देशले मानवीय सहयोग गरिरहेका छन् । कुनै पनि डुंगालाई एउटा टापुबाट अर्को टापुमा जान रोक लगाइएको र घरेलु उडान नहुने जानाकारी दिँदै प्रधानमन्त्रीले ‘राष्ट्रिय लकडाउन’ घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हरेक दुई दिनमा अवस्थाको समिक्षा गरिने प्रधानमन्त्रीले बताउनुभयो । गत महिना गएको शक्तिशाली ज्वालामुखीपछिको सुनामीले प्रभावित टोंगालाई चीन, फ्रान्स, अमेरिका, न्युजिल्यान्ड, फिजी बेलायतले सहयोग गरेका छन् । पिउने पानीसहित अत्यावश्यक मेडिकल सामाग्री बोकेका पानी जहाज बन्दरगाह सहर पुगेका छन् । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ११:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP