शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओमिक्रोनको कहर : एक हप्तामा ५९ हजारले ज्यान गुमाए
ओमिक्रोनको कहर : एक हप्तामा ५९ हजारले ज्यान गुमाए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ २०, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वभरका सरकारलाई ओमिक्रोनको खतराबारे पुनः एकपटक सचेत गराएको छ । डब्लूएचओले ओमिक्रोनलाई कोरोनाको ‘माइल्ड’ भेरियन्ट भन्दै प्रतिवन्धलाई खुकुलो पार्न हतारो गर्न नहुने बताएको हो । संगठनका अनुसार ओमिक्रोनको सह–भेरियन्ट जति चाँडो गतिमा फैलिरहेको छ, त्यसले कोरोनाको वर्तमान लहर चाँडो खत्तम हुने सम्भावनामा ठूलो झट्का लागेको छ । डब्लूएचओकी प्राविधिक प्रमुख मारिया वान केरखोले विश्वभरका सरकारहरूलाई ओमिक्रोनलाई गम्भीरताका साथ लिन अपिल गरेकी छन् । डब्लूएचओका अनुसार कयौँ देशमा ओमिक्रोन भेरियन्टका कारण वर्तमान लहरको पिक आउन बाँकी नै रहेको छ । यस्तोमा कोरोना प्रतिवन्धलाई खुकुलो पार्न हतार गर्न नहुने संगठनको भनाइ छ । मारियाले खोप कम लगाइएका देशका लागि यो खतरनाक हुनसक्ने चेतावनी दिएकी छन् । युरोपलगायत अमेरिकाजस्ता देशहरूमा ७०–८० प्रतिशत प्रतिशतभन्दा बढी जनसङ्ख्याले खोप लगाए पनि अहिलेसम्म कयौँ अफ्रिकी मुलुकहरूमा १० प्रतिशतले पनि खोप लगाएका छैनन् । त्यसैले कोरोना प्रतिबन्धलाई एकैचोटी हटाउन उपयुक्त नहुने मारियाको तर्क छ । डब्लूएचओका प्रमुख टेड्रोस अधानोमले विश्वको सबै क्षेत्रमा मृत्युको आँकडा बढ्नु चिन्ताजनक भएको बताएका छन् । डब्लूएचओका अनुसार ओमिक्रोन आएपछि पछिल्ला १० हप्तामा विश्वभर ९ करोड जना सङ्क्रमित भएका छन् । यो सन् २०२० भरी फेला परेको सङ्क्रमितको सङ्ख्याभन्दा बढी हो । ओमिक्रोनको पहिलो केस गत वर्षको नोभेम्बरमा दक्षिण अफ्रिकामा पाइएको थियो । पछिल्लो हप्तामात्र विश्वभर २.२ करोड मानिस सङ्क्रमित भए भने ५९ हजारले यसबाट ज्यान गुमाए । यस दौरान मृत्युको सङ्ख्या ९ प्रतिशतले वृद्धि भएको छ । रातोपाटी
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १०:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP