शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा
कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ २४, २०७८
dskj
काठमाडौं । कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् । सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य व्यक्तिहरुले पनि साथ दिएपछि क्यानडाको राजधानी सहर ठप्प जस्तै भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । आन्दोलनकारीले सडकमा ट्रक तेर्स्याएर र टेन्ट राखेर यातायात आवागमन बन्द गराएका छन् । आन्दोलनको क्रममा हिंसा र दुर्व्यवहार भएको भन्दै उजुरी पनि परेका छन् । क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका–क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो । यही आदेशको विरोधमा ट्रक चालकहरुले प्रदर्शन सुरु गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । उनीहरुले प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिएका छन् । राजधानी ओटावाका साथै टोरन्टो, क्विबेक, फ्रेडेरिक्टज र विनिपेगमा पनि कोभिड खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन भएका छन् । अनलाइनखबरबाट
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १०:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP