शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ब्याटिङमा नेपाल अझै कमजोर
ब्याटिङमा नेपाल अझै कमजोर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ३, २०७८
khel
काठमाडौँ । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटरले आशातीत प्रदर्शन गर्न नसक्दा ट्वान्टी–२० विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपालले हारसहित चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्त्य गरेको छ। शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डलाई १६ रनको नतिजा सुम्पिएको हो। आयरल्यान्डले प्रस्तुत गरेको १ सय २८ रको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन मात्र जोड्न सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८, ओपनर आसिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्। ओपनर कुशल र आसिफले पहिलो विकेटका लागि २६ रनको साझेदारीसहित नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। कुशलले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यस्तै दीपेन्द्रले ३० बलमा १ चौका र १ छक्का प्रहार गरे। आसिफले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कमलले १० बलमा १ चौका र १ छक्का प्रहार गरे। आयरल्यान्डका मार्क एडिआर, सिमी सिंह, बेरी म्याकार्थी र एन्डी म्याकविर्नेले समान २ तथा च्याम्परले १ विकेट लिए। शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो। शृंखलाको पहिलो खेलमा ओमानलाई हराएको नेपालले दोस्रो खेलमा युएईलाई नतिजा सुम्पिएको थियो। ग्लोबल क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपालले फेब्रुअरी १८ मा ओमानको सामना गर्दै छ। नेपालको समूहमा ओमानसहित क्यानडा र फिलिपिन्स छन्। त्यस्तै समूह ‘ए’ मा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। क्वालिफायरको विजेता र उपविजेता यसै वर्षको नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि छनोट हुनेछन्। यसअघि टस हारेर ब्याटिङका लागि आएको आयरल्यान्ड निर्धारित २० ओभरमा १ सय २७ रनमा सीमित भएको थियो। आयरल्यान्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रन जोड्दा कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलबिर्नेले १९ रन जोडे। आयरल्यान्डले पहिलो ओभरको चौथो बलमा २ रनको स्कोरमा ओपनर पाउल स्टर्लिङलाई गुमायो। एन्डी र गारेथ ड्यानिलेले दोस्रो विकेटका लागि २५ रनको साझेदारीका साथ आयरल्यान्डको इनिङ उकास्ने संकेत गरेका थिए। ३१ रन जोड्दा एन्डी पनि पवेलियन फर्किए। ३१–३ को स्थितिमा ब्याटिङका लागि आएका सेन गेटकेटले च्याम्परसँग चौथो विकेटका लागि २९ रनको साझेदारी गरे। तर त्यसपछि भने आयरल्यान्डले क्रमिक रूपमा विकेट गुमायो। ६६ रनमा च्याम्पर र ६८ रनमा सिमी सिंह पनि आउट भएपछि आयरल्यान्ड पुनः दबाबमा आएको थियो। सातौं विकेटका लागि लोर्कान ट्रकर र जर्जले ३१ रनको साझेदारीका साथ आयरल्यान्डको इनिङ पुनः उकासेका थिए। जर्जले २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दा च्याम्परले २० बलमा १ छक्का प्रहार गरे। नेपालका दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चंदै ४ विकेट लिएका थिए भने अविनाश बोहोराले ४ ओभरमा २९ रन खर्चदै २ विकेट लिए। त्यस्तै कमल, जितेन्द्र र सन्दीपले समान १ विकेट लिएका थिए। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १०:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP