शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघ्यो
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघ्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ६, २०७८
एजेन्सी । विश्वमा कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विश्वका १० देशमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या एक करोडभन्दा माथि रहेको छ । ती देशमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेन छन् । सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रमुख १० देशमा एक/एक वटा एसियाली र दक्षिण अमेरिकी राष्ट्र छन् । सबैभन्दा बढी कोरोना संक्रमण भएको प्रमुख १० राष्ट्रमा एउटा उत्तर अमेरिकी र ७ वटा युरोपेली राष्ट्र छन् । संक्रमितमध्ये सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ७ करोड ९९ लाख १५ हजार ७३४ जनामा संक्रमण पुष्टी भइसकेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित भारतमा रहेका छन् । भारतमा ४ करोड २७ लाख ८० हजार २३५ जनामा कोरोना संक्रमण भएको छ । हालसम्म ब्राजिलमा २ करोड ७९ लाख ४१ हजार ४७६, फ्रान्समा २ करोड २० लाख ६८ हजार ६३५, बेलायतमा १ करोड ८४ लाख ९९ हजार ५८, रुसमा १ करोड ४८ लाख ९९ हजार ५८, टर्कीमा १ करोड ३२ लाख ६६ हजार २६६, जर्मनीमा १ करोड ३१ लाख ५४ हजार ५४१, इटालीमा १ करोड २३ लाख २३ हजार ३९८ र स्पेनमा १ करोड ७ लाख ७८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये हालसम्म ३४ करोड ४३ लाख १८ हजार ८७७ जना निको भइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १६:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP