शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • फिलिपिन्समाथि नेपालको जित
फिलिपिन्समाथि नेपालको जित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन ७, २०७८
274032174_322098236613230_4609584524960129894_n
मस्कट ।ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । रनको हिसाबले नेपालको यो तेस्रो ठूलो जीत हो ।फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले सर्वाधिक २० रन बनाए । यस्तै, जोर्डन अलेग्राले १८ कप्तान जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको उल्लेख्य प्रदर्शन रहेन । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले चार ओभर मात्र नौ रन खर्चिए । यसबाहेक गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । यसअघि कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्‍याए ।दीपेन्द्रले ४७ बलमा छ चौका र चार छक्काको मद्दतले ८३ रन बनाए भने कुशलले नटआउट रहँदै ६१ बलमा १०४ रन बनाए । यस क्रममा उनले १३ चौका र १ छक्का हिर्काए । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउने छन् । सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । यसअघि नेपाल सन् २०१४ मा ट्वान्टी २० विश्वकप पुगेको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १६:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP