शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • ट्वान्टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
ट्वान्टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन ९, २०७८
nepal cricet
काठमाडौं । नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज विजय हात पारेको छ । सोमबार नेपाल समूह चरणको अन्तिम खेलमा क्यानाडालाई हराउँदै ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । नेपालले ८१ रनको लक्ष्य १४.१ ओभरमै पुरा गरेको थियो । नेपालले मंगलबार सेमिफाइनलमा युएईलाई पराजित गरे आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । ८१ रनको विजयी लक्ष्य नेपालले १४।१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३७ बलमा ३ चौकासहित ३४ रनमा अविजित रहनुभयो । दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौकासहित २७ रनमा अविजित रहनुभयो । ओपनर आसिफ शेख १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट हुनुभयो । भने कुशल मल्ल गोन्डेन डक आउट हुनुभयो । त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भएको थियो ।क्यानडाका १० औं नम्बरका ब्याटर डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहनुभयो । कप्तान नवनित धालिवाल १८ रनमा आउट हुनुभयो। एक समय राम्रो सुरुवात गरेको क्यानडा ४.२ ओभरमा ३५–१ को अवस्थामा रहेको क्यानडाले बाँकी ९ विकेट मात्र १३ रनमा गुमाएपछि १०.१ ओभरमा ४८–९ को दयनिय अवस्थामा पुगेको थियो । अन्तिम विकेटका लागि डिलन र सलमान नजारले ३२ रनको साझेदारी गर्नुभएको थियो। सलमान १० रनमा आउट हुनुभयो । तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पहिलो ओभरको पाँचौं बलमा ओपनर म्याथ्यू स्पोर्सलाई फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराउनुभयो। ओपनर स्पोर्स शून्यमा आउट भएपनि धालिवाल र रयान खान पठानले राम्रो सुरुवात दिलाउनुभएको थियो । कमलले नै कप्तान नवनित धालिवाललाई लोकेश बमबाट १८ रनमा क्याच गराउनुभयो । कमलले पाँचौं ओभरको तेस्रो बलमा क्यानडाका प्रमुख ब्याटर धालिवाललाई पेभेलिएनको बाटो देखाउनुभयो । उहाँले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्नुभयो। त्यो समय क्यानडा ४.३ ओभरमा ३५–२ को अवस्थामा थियो । त्यसपछि क्यानडा विकेट लगातार एकपछि अर्को गुम्यो । ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट हुनुभयो । छैटौैं ओभरको दोस्रो बलमा उहाँ रन आउट हुन पुग्नुभयो। पठान रन आउट हुनु क्यानडालाई भारी पर्यो । त्यसपछि क्यानडाका ब्याटर क्रिजमा टिक्न सक्नुभएन। प्रमुख तीन विकेट पावर प्लेमा लिएपछि नेपालले सानदार सुरुवात गर्यो । यसै ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंह एक रनमा आसिफ शेखबाट क्याच आउट हुनुभयो । अर्को ओभरको अन्तिम बलमा सन्दीपले हम्जा तारिकलाई १ रनमा एलबीडब्लू आउट गर्दा क्यानडा ४१–५ को संकट अवस्थामा पुगेको थियो । साद विन जाफर २ रनमा रन आउट हुनुभयो । तल्लोक्रमका कलिम सना १, जुनैद सिद्दिक २, हम्जा तारिक १ रनमा आउट हुनुभयो । सन्दीप लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिनुभयो। कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिनुभयो। अभिनाश बोहराले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिनुभयो । कुशल मल्लको नाममा १ विकेट रह्यो । नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता युएईसँग खेल्नेछ । उक्त खेल जितेमा फाइनलसँगै विश्वकपमा पुग्नेछ । अर्को सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । युएई समूह ए को उपविजेता रुपमा सेमिफाइनलमा पुगेको हो । युएईले आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो । तर बहराइनसँग २ रनले पराजित हुन पुगेको थियो । दुबै सेमिफाइनल मंगलबार र फाइनल बिहीबार हुनेछ ।हाम्रो खेलकुदको सहयोगमा   
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १८:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP