शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • युक्रेनमा रहेका आफ्ना नागरिक ल्याउन भारतले पठायो जहाज
युक्रेनमा रहेका आफ्ना नागरिक ल्याउन भारतले पठायो जहाज
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १०, २०७८
air india
एजेन्सी । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न जहाज पठाएको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाको एउटा जहाज मंगलबार बिहान दिल्लीबाट किएभका लागि उडिसकेको छ। युक्रेनमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउन अरू पनि उडान गर्ने भारतको तयारी छ। विद्यार्थीसहित युक्रेनमा २० हजार बढी भारतीय रहेको तथ्यांक छ। रूस र युक्रेनको सीमामा केही हप्तादेखि जारी तनाव चरणमा प्रवेश गरेको छ। सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन्। रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका हुन्। ती दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका हुन्। ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। सोमबार राति टेलिभिजनबाट सम्बोधन गर्दै पुटिनले युक्रेन रूसी इतिहासको अभिन्न अंग भएको बताएका थिए। दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने आफ्नो निर्णयलाई रूसी नागरिकले साथ दिने उनको विश्वास थियो । पुटिनको निर्देशनको केही घन्टामै डोनेस्क सहरमा रूसी सैनिकका ट्यांकहरू देखिएको रोयटर्सका संवाददाताले देखेका छन्। अमेरिकालगायत विभिन्न पश्चिमा मुलुकले अहिले रूस–युक्रेनको सीमामा साढे १ लाख बढी रूसी सैनिक तैनाथ रहेको बताएका छन्। पृथकतावादीको नियन्त्रणमा रहेका यी दुई क्षेत्रमा यसअघि नै सादा पोशाकमा रूसी सैनिक पुगिसकेको भए पनि पुटिनको आदेशपछि हतियारधारी सैनिकलाई त्यहाँ जान बाटो खुलेको बताइएको छ। पुटिनले पुरै युक्रेनभरि नै सेना पठाउने योजना बनाएका छन् कि छैनन् भन्ने खुलिसकेको छैन । उहाँको नयाँ कदमले त्यसका लागि वातावरण बनाएको देखिएको छ। युक्रेनका विषयमा छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको छ। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । पुटिनको कदमपछि उहाँले टेलिभिजनबाट सम्बोधन गर्दै युक्रेनी नागरिकलाई नडराउन आग्रह गर्नुभएको छ । उहाँले रूसी कदमबाट आफ्नो देशको सीमा परिवर्तन नहुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले डोनेस्क र लुहान्स्क क्षेत्रमा संलग्न केही रूसी अधिकारीहरूमाथि प्रतिबन्धमा हस्ताक्षर गर्नुभएको छ । सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ११:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP