शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • नेपालको टि२० विश्वकप खेल्ने सपना समाप्त
नेपालको टि२० विश्वकप खेल्ने सपना समाप्त
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १०, २०७८
मस्कट । नेपाल आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ ।युएईले नेपाललाई ६८ रनले हराउँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । युएई दोस्रो पटक टि२० विश्वकपमा पुगेको हो । युएईले २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेलेको थियो । १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ३ चौकासहित सर्वाधिक ३८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । स्पिनर अहमद राजा र जुनैद सिद्दिकले उच्च बलिङका साथ विश्वकपमा स्थान पक्का गरे । तीव्र गतिका बलर जुनैद सिद्दिकले पहिलो ओभरको चौथो बलमा आसिफ शेखलाई शून्यमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा एज लागेर प्वाइन्टमा मोहम्मद वासिमबाट गोल्डेन डक आउट हुन पुगे । पहिलो ओभरमै लगातार विकेट गुमाएपछि नेपाल सुरुवातमै समस्यामा परेको थियो । जुनैदको तेस्रो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर वृत्य अरविन्दबाट ७ रनमा क्याच आउट भएपछि नेपाल जित कठिन बनेको थियो । आरिफ शेख १२ बलमा १ चौकासहित ११ रनमा आउट भए । स्पिनर अहमद राजाको १३ औं ओभरको चौथो बलमा ज्ञानेन्द्र मल्ल वासिमबाट २० रनमा क्याच आउट भए । उनले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा दीपेन्द्र ३८ रनमा एलबीडब्लू आउट भएसँगै नेपालको विश्वकप सपना समाप्त भएको थियो । सन्दीप लामिछाने ४, विवेक यादव ८ र कमलसिंह ऐरी ४ रनमा आउट भए । युएईका जुनैद सिद्दिकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कप्तान अहमद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए । त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७० रन बनाए । १९ वर्षिय विकेटकिपर अरविन्द २३ बलमा ५ चौका र ३ छक्कासति ४६ रनमा आउट भए । वासिमले कमलसिंह ऐरीलाई मिड विकेटमा सानदार छक्कासाथ ३२ बलमा अर्धशतक पूरा गरे । तीव्र गतिका बलर जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । तर सुरी आउट भएपछि क्रिजमा आएका अरविन्दले क्रिजमा चौका र छक्का वर्षात गराउँदै युएईलाई उत्कृष्ट सुरुवात दिलाए । अरविन्द सन्दीप लामिछानेको आठौं ओभरको तेस्रो बलमा बोल्ड आउट भएपछि अर्धशतकबाट चुकेका थिए । अरविन्द आउट भएपछि वासिमले आक्रामक ब्याटिङ थालेका थिए । दोस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ रनको उत्कृष्ट साझेदारी गरे । तेस्रो विकेटका लागि मोहम्मद उस्मान र वासिमले ६४ रनको साझेदारी गरेपछि विशाल योगफल बनाएको हो । अभिनाशले १७ औं ओभरमा नेपाललाई दुई महत्वपूर्ण सफलता दिलाए । पहिलो बलमा ठूलो सट खेलेका उस्मान १७ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए । त्यसअघि ज्ञानेन्द्र मल्लले ७ र जितेन्द्र मुखियाले १० रनम क्याच आउट गराए । अन्तिम बलमा ठूलो सट खेलेका वासिम डीप एक्स्ट्रा कभरमा आरिफ शेखबाट क्याच भएपछि नेपाल खेलमा फर्किने संकेत देखाएको थियो । अर्को ओभरमा जितेन्द्रले विवेक यादवबाट बासिल हमिदलाई २ रनमा क्याच आउट गराए । जितेन्द्रको अन्तिम बलमा डिप मिडविकेटमा ज्ञानेन्द्रले उत्कृष्ट क्याचका साथ जवार फरिदलाई ११ रनमा क्याच गराए । उनले ४ बलमा १ चौका र १ छक्का प्रहार गरे । अन्तिम समयमा युएईले ७ बलमा ५ रन जोड्न ३ विकेट गुमाएको थियो । रोहन मुस्तफा ९ र अहमद राजा ६ रनमा अविजित रहे । नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । पहिलो १० ओभरमा २ विकेट गुमाउँदै ८४ रन जोडेको युएईले बाँकी १० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । नेपाल समूह बी बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । नेपालले तेस्रो स्थानको लागि दोस्रो सेमिफाइनलमा आयरल्यान्ड र ओमानबीच पराजित हुने टोलीसँग खेल्नेछ । फाइनल विहीबार हुनेछ ।हाम्रो खेलकुद
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २०:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP