शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • रुसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकद्वारा मतदान
रुसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकद्वारा मतदान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १९, २०७८
gsfjhd
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वभरका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका हुन् । उनीहरूले रुसले युक्रेनमाथि गरिरहेको सैन्य कारबाही र बल प्रयोगविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका हुन् । यूएनमा १९३ सदस्य मुलुकहरू छन् । संयुक्त राष्ट्रसंघका अनुसार भारत र चीनसहित ३५ मुलुकहरूले प्रस्तावको पक्ष र विपक्ष दुवैमा भोट गरेनन् ।उक्त प्रस्तावमा ‘राष्ट्रसंघको बडापत्रको धारा २ (४) को उल्लंघन गर्दै युक्रेनविरुद्ध रुसी संघले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ ।प्रस्तावमा ‘रूसी महासंघले युक्रेनविरुद्धको बल प्रयोग तुरुन्तै बन्द गर्न र कुनै पनि सदस्य राष्ट्रविरुद्ध कुनै पनि गैरकानुनी धम्की वा बल प्रयोग नगर्न’ माग गरेको छ । राष्ट्रसंघले गत आइतबार युक्रेनमा रुसको सैन्य कारबाहीका लागि १९३ सदस्यीय संयुक्त राष्ट्र महासभाको ‘दुर्लभ आपत्कालीन विशेष’ सत्र बोलाउन मतदान गरेको थियो । उक्त अवसरमा पनि नेपालले पक्षमा मतदान गरेको थियो । भारत र चीनले भने त्यस बेला पनि भोट हालेका थिएनन् ।संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राईले न्यूयोर्कमा आफ्नो कुरा राख्दै नेपालले कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताविरुद्धको कुनै पनि धम्की वा बल प्रयोगको विरोध गरेको बताएका थिए । उनले मंगलबार मंगलबार राती रुस र युक्रेनलाई शान्तिको मौका दिन पुनः वार्ता सुरु गर्न आह्वानसमेत गरेका थिए । राईले शान्तिको बाटोमा फर्कन कहिल्यै ढिलो नहुने उल्लेख गर्दै वार्ताका लागि आह्वान गरेका हुन् । यस्तै, परराष्ट्र मन्त्रालयले फागुन १२ मा विज्ञप्ति निकाल्दै रुसी कदमको विरोध गरेको थियो । नेपालले द्वन्द्व रोकिनुपर्ने र कूटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताएको थियो । ekantipurबाट
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ११:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP