शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एनआरएनएमा एकपक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो
एनआरएनएमा एकपक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २४, २०७८
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी) का लागि सोमबार र मंगलबार नोमिनेशन गर्ने मिति तोकिएको छ। उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो। उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउँदै दाबी विरोध गरेका थिए। उनले पन्तसमेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २६ सय प्रतिनिधि मात्रै मतदान गर्न योग्य रहेको निर्वाचन समितिलाई जानकारी गराएका थिए। तर पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाइ नै गरेन। यसैबीच संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदमा गत वर्ष नै उम्मेदवारी घोषणा गरेका कुल आचार्यले एकपक्षीय रुपमा नोमिनेसन गराएर निर्वाचन कार्यक्रम अगाडि बढाउनुको कुनै अर्थ नभएको बताएका छन् । ‘यस्तो कदमले संस्थालाई विभाजन तर्फ धकेल्ने निश्चित छ। हामी हदैसम्म लचक हुँदा पनि हाम्रो सदासयलाई कमजोरीको रुपमा हेर्ने गल्ती नगरियोस्,’ आचार्यले भन्नुभयो। आइएलओ घोटाला, प्रतिनिधि सूचीमा एकलौटी गरेका कारण परराष्ट्र र अदालतसम्म पुगेको विवादका बीच कुमार पन्त नेतृत्वको कार्य समितिले एकलौटी चुनाव गराउन लागेको हो। तर आइतबार भेला भएका ७० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्षहरुले नाम मात्रको एकपक्षीय चुनावले समस्याको समाधान नहुने भन्दै डेलिगेट्स विवाद समाधान गरेर मात्रै निर्वाचन गराउन आह्वान गरेका थिए । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP