शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • स्थानीयतहको निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुदः मन्त्री गहतराज
स्थानीयतहको निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुदः मन्त्री गहतराज
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २६, २०७८
gahatraj
पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभएको छ । ‘निर्वाचन आचारसंहिताले प्रभावित नबनाउने भए चैतमा सम्पन्न गर्न सकिन्छ कि भन्ने थियो। तर खेल सामाग्री खरीद गर्न कार्यविधि तयार हुदै गरेकोले निर्वाचन पछि आयोजना गर्ने तयारीमा छौ,’ सञ्चारकर्मीसँग बोल्दै खेलकुद मन्त्री गहतराजले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग सैद्धान्तिक सहमति अनुसार जेठको पहिलो साता गर्ने तयारी गरिएको छ।’ उहाँका अनुसार खेलकुदलाई निर्वाचन आचारसंहिताले प्रभावित बनाउन नहुने भएपनि निर्वाचन लगत्तै राष्ट्रिय प्रतियोगता आयोजना गरिने छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अघि पोखरामा पौडी पोखरी बन्ने सम्भावना नरहेको मन्त्री गहतराजले उल्लेख गर्नुभएको छ । मन्त्री गहतराजले पोखरा रंगशाला अवलोकनपछि राष्ट्रिय खेलकुदमा समावेश भएका अधिकांश खेल पोखरामै गर्ने जनाउँदै स्वीमिङ रंगशाला बाहिर र सुटिङ काठमाडौं आयोजना गरिने स्पष्ट पार्नुभयो। पोखरामा नवौंको लागि पौडी पोखरी र सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको विवादको विषयमा पनि मन्त्री गहतराजले अहिलेको अवस्थामा तत्कालै देखिएका समस्या समाधानको लागि परिषदकै कर्मचारीलाई दिइएको बताउनुभयो। सदस्य सचिव रमेशकुमार सिलवाल र नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ। मुद्धाको पेशी सर्दै गएको छ। ‘हिजोको अवस्था फरक थियो। अहिलेको परिस्थिति फरक छ,’ सदस्य सचिवको विवादको विषयमा घुमाउरो पारामा मन्त्री गहतराजले भन्नुभयो, ‘एउटा गाडीको पाटपुर्जा अर्को गाडीमा अटाउँदैन।’ रातदिन काम गरेर भएपनि राष्ट्रिय प्रतियोगिता गर्ने तर्फ ध्यान गएको उहाँले स्पष्ट पार्नुभयो। पोखरामै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। साग गेम्सकै लागि आवश्यक पूर्वाधार तयार गरिएको उल्लेख गर्दै उहाँले भएका पूर्वाधार निर्माण पुरा गर्न आगामी बजेटमा समावेश गर्नुपर्छ। खेलकुद आफनैंमा पर्यटनसँगै उद्योग एवं आर्थिक क्रियाकलापको ठूलो क्षेत्र भएकोले राष्ट्रिय खेलकुद आयोजना गरिने उल्लेख गर्नुभएको छ । आयोजना नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल सामाग्री खरीद गर्न कार्यविधि तयार पार्न उपाध्यक्ष शिव कोईरालाको संयोजकमा समिति गठन गरिएको मन्त्री गहतराजले बताउनुभयो । कार्यविधि तयार भएपछि खेल सामाग्री खरीद गरिने उल्लेख गर्नुभयो । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १५:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP