शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • शेष घलेद्वारा एनआरएनएको निर्वाचन समिति पुनर्गठन
शेष घलेद्वारा एनआरएनएको निर्वाचन समिति पुनर्गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २७, २०७८
एजेन्सी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । गैर आवासीय नेपाली संघको विधान २००३ -२०२१ संशोधन सहित) को धारा १६.१४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ । वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्त र अध्यक्षका प्रत्यासी कुल आचार्यलाई राखेर प्रमुख संरक्षक शेष घलेले समानान्तर गतिविधि अघि बढाउनुभएको हो । कुमार पन्त नेतृत्वको संघका वर्तमान कार्यसमितिले विधान अनुसार काम नगरेको र कार्यकाल सकिएको लामो समयसम्म चुनाव हुन नसकेको भन्दै प्रमुख संरक्षक घलेले यस्तो निर्णय गर्नुभएको हो । घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन विधानको हवाला दिँदै निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ । घले पक्षले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी हुनुहुन्छ ।आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन् ।दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ। समूहले निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड)डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) लाई राखेको छ। आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरू, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकलगायत छन्।यो सँगै एनआरएन औपचारिक रूपमा दुई टुक्रा भएको छ। यसअघि वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्तले गठन गरेको निर्वाचन समितिले आगामी कार्यसमितिका लागि उम्मेद्वारी दर्ता समेत गरिसकेको छ।वर्तमान कार्यसमितिको निर्वाचन समितिमा रसियाबाट बद्री केसी र अमेरिकाबाट रविना थापाले आगामी कार्यकालका लागि केन्द्रिय अध्यक्षमा उम्मेद्वारी दर्ता गरिसकेका छन्। यस्तै अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले उम्मेद्वारी दर्ता गर्नुभएको थिएन । वर्तमान निर्वाचन समितिका अनुसार बिहीबार बेलुकासम्म विभिन्न ५१ पदको लागि पदमा चार दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्ता शुक्रबार ५ बजे सम्म जारी रहनेछ।वर्तमान निर्वाचन समितिका अनुसार चुनाव यही मार्च २४ र २५ तारिखमा हुने भएको छ। वर्तमान निर्वाचन समितिले चुनाव तथा महाधिवेशन अनलाइन गर्ने बताएको छ भने अर्को निर्वाचन समितिले भौतिक रुपमा काठमाडौंमानै आयोजना गर्ने जनाएको छ। जसका लागि डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौं आउन आग्रह गरेका छ । दुवै कार्यसमितिले निर्वाचनको लागि संघको केन्द्रिय कार्यलय बालुवाटारबाट नै गतिबिधि सञ्चालन गर्ने भएकाले आपसी भिडन्त भौतिक रूपमै हुने निश्चित छ। सेतोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १५:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP