शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • नेपाली कप्तान खड्काको ठूलो फड्को : क्रिकेट वरीयतामा धोनी र गेलभन्दा अगाडि
नेपाली कप्तान खड्काको ठूलो फड्को : क्रिकेट वरीयतामा धोनी र गेलभन्दा अगाडि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २२, २०७६
Paras-Gayle-Dhoni_20190807123832

काठमाडौं ,बुधबार साउन २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए।

उक्त वरीयतामा पारस विश्व क्रिकेटका थुप्रै स्थापित नामहरुभन्दा अगाडि छन्। उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेलजस्ता खेलाडीभन्दा अगाडि छन्।

यसैगरी टीट्वेन्टी ब्याटिङ वरीयतामा पारस ६६औं स्थानमा उक्लिएका छन्। टीट्वेन्टी ब्याटिङ वरीयतामा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पारसभन्दा एक स्थान पछाडि छन्।

ब्याटिङ वरीयतामा पारसभन्दा पछाडि रहेका अन्य चर्चित नाम वेस्ट इन्डिजका क्रिस गेल, भारतका सुरेश रैना, श्रीलंकाका कुशल मेन्डिस, पाकिस्तानका अहमद सेहजाद, जिम्बाबेका ब्रेन्डन टेलर, न्युजिल्यान्डका कोरी एन्डर्सन हुन्। टीट्वेन्टी ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो र न्युजिल्यान्डका कोलिन मुनरो दोस्रो स्थानमा छन्।

आईसीसीद्वारा मंगलबार राति सार्वजनिक गरिएको टीट्वेन्टी अलराउन्डर वरीयतामा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो, बंगलादेशका सकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहम्मद नाबी तेस्रो, बंगलादेशका महमुदुल्लाह चौथो र जिम्बाबेका सिन विलियम्स पाँचौं स्थानमा छन्। पारससँगै न्युजिल्यान्डका मिचेल सान्टनर, भारतका सुरेश रैना र रिसभ पन्त, जिम्बाबेका एल्टन चिगुम्बुरा पनि २५औं स्थानमा छन्।

यसैगरी टीट्वेन्टी बलिङ वरीयतामा नेपालका अनुभवी बलर वसन्त रेग्मी ७१औं र सोमपाल कामी ७८औं स्थानमा छन्। टीट्वेन्टी बलिङ वरीयतामा अफगानिस्तानका रसिद खान पहिलो, पाकिस्तानका इमाद वसिम दोस्रो र सदाब खान तेस्रो, इङ्ल्यान्डका अदिल रसिद चौथो र अस्ट्रेलियका एडम जाम्पा पाँचौं स्थानमा रहेका छन्। टीट्वेन्टी टिम वरीयतामा भने नेपाली टोली ११औं स्थानमा छ। annapurna post


प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  २३:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP