म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ ,स्थित भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते हुनुभएका २१ बर्षिय मनबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको छ । २४ फागुनमा आगो निभाउने क्रममा २१ वर्षिय मनबहादुरको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । मृतकका आफन्त विरेन्द्र किसानका अनुसार ,६ चैतमा किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
याे पनि
[embed]https://myagdinews.com/2022/03/%e0%a4%86%e0%a4%97%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%8f/[/embed]
गम्भीर घाइते अवस्थामा थप उपचारका लागि दरबाङ हुँदै पोखरा पठाइएकोमा त्यहाँबाट समेत काठमाडौँ लगिएको थियो । मृतक मन बहादुरको दरबाङमा अत्येष्टी गरिएको छ । सोही आगलागीमा परी मृतकका दाजु म बहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला कार्यालय म्याग्दीले जनाएको छ ।
जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा घटना घटेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयोे । आर्थिक अवस्था कमजोर रहेकोले मनबहादुरको उपचारमा स्थानीय ,आफन्त ,संघसंस्था विभिन्न माध्यमबाट सहयोग जुटाइएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १३:१३