शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा प्रवेश
करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा प्रवेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत १७, २०७८
nepal teem
काठमाडौं । तीव्र गतिका बलर करण केसीले ह्याट्रिक गरेको खेलमा जित निकाल्दै पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा गरेको छ। लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो । यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा पराजित भए पनि नेपालको फाइनलमा स्थान पक्का छ। फाइनल आगामी सोमबार हुनेछ । फाइनलमा नेपालले पिएनजी र मलेसियामध्ये एक टिमसँग भिड्नेछ। पिएनजी र मलेसियाबीच भोलि शुक्रबार प्रतिस्पर्धा हुँदैछ। भोलि पिएनजीले मलेसियालाई हराएर पर्सी नेपालले मलेसियालाई हराए पिएनजी फाइनलमा पुग्नेछ। मलेसियालाई फाइनल पुग्न भोलि पिएनजी वा पर्सी नेपालविरूद्ध मध्ये एक खेल जिते पुग्छ। बिहीबार त्रिवि मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजी २ बल खेल्न बाँकी छदा १६६ रनमा अलआउट भयो। करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा तीन विकेट लिँदै ह्याट्रिक गरेका थिए। उनले चाड सोपरलाई २ रन, अताइ र पोकनालाई शून्यमा आउट गरे। उनले सोपर र पोकनालाई क्याच गराउँदा अताइलाई बोल्ड गरे। पिएनजीका लागि चार्ल्स अमिनीले ६२ रन जोडे। उनले ४७ बलमा ९ चौका प्रहार गरे। टोनी उरा ४३ रनमा आउट भए।त्यसअघि ओपनरद्वय असद भाला र लेगा सिएका १–१ रनमा आउट भए। दुवैलाई नेपालका करण केसीले आउट गरेका थिए।केसीले सिएकालाई आउट गर्दै टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका थिए। सेसे बाउ २५ रन र नोर्मान भानुआ १७ रनमा आउट भए। दुवैलाई अबिनास बोहराले १८ ओभरको दोस्रो र तेस्रो बलमा आउट गरे।बलिङमा नेपालका करणले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले ३.४ ओभरमा २१ रन दिए।सोमपाल कामी र अबिनास बोहरा २–२ विकेट लिन सफल भए। सोमपालले दुवैले ४(४ ओभरमा ३४–३४ रन दिए।त्यसअघि टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले १८ ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रको यो चौथो टी-२० अर्धशतक हो। दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे। यस्तै डेब्यू खेलाडी आदिल अन्सारीले आक्रामक ब्याटिङ गरे। उनले ११ बलमा ३१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख ३८ रन जोडे। कुशलले २० बलमा २ चौका हिर्काए। आसिफले २९ बल खेलेर ४ चौका र १ छक्का हिर्काए। रोहित पौडेल ४१ रन जोडेर आउट भए। उनले २३ बलमा ४ चौका र ३ छक्का हिर्काए।बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए। उनले अन्सारीलाई ३१ रनमा एलबिडब्लूको धरापमा पार्दा करण केसी र दिलीप नाथलाई शून्यमा आउट गरे। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १६:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP