शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आर्थिक अनियमितता भएको भन्दै खेलकुद विकास समिति म्याग्दी विरुद्ध अख्तियारमा उजुरी
आर्थिक अनियमितता भएको भन्दै खेलकुद विकास समिति म्याग्दी विरुद्ध अख्तियारमा उजुरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ ६, २०७६
IMG_6604

साधन राम्जाली
म्याग्दी,शुक्रबार भदौ ६ गते ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले छानविन थालेको अख्तियारले जनाएको छ ।

हरेक बर्ष जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयव्यय सार्वजनिक नगरेको र खेलकुद लगायतका सामान खरिद गर्दा वास्तविक मुल्य भन्दा बढीको मुल्य बनाई आर्थिक हिनामिना गरेको भन्दै छानविन गर्न माग गर्दै अख्तियारको कार्यालय पोखरामा बेनामी उजुरी परेपछि छानविन थालेको आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताउनुभयो ।

यता खेलकुद विकास समिति कार्यालय म्याग्दीका कार्यालय प्रमुख दानबहादुर राईले पनि खेलकुद विकास समिती म्याग्दी विरुद्ध अख्तियारमा उजुरी परेको स्विकार गर्नुभएको छ । अख्तियारले मागेका विवरण तथा आवश्यक कागजात पेश गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उजुरी माथि अख्तियारले छानविन थालेको जानकारी दिनुभयो ।

‘खेलकुद लगात विभिन्न सामान खरिद गर्दा आर्थिक हिनामिना गरेको र बार्षिक सार्वजनिक गर्नुपर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यवय सार्वजनिक नगरेको विषयमा छानविन गर्न माग गर्दै बेनामी उजुरी परेको छ, सूचना अधिकारी रिजालले भन्नुभयो’ अख्तियारले उजुरीको विषयमा अनुसन्धन थालेको छ ।’
यता कार्यालय प्रमुख राईले भने खेलकुद विकास समितिमा कुनै आर्थिक अनियमितता नभएको जिकिर गर्दै व्यक्तीगत रिसिविका कारण कसैले अख्तियारमा बेनामी उजुरी हालेको बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १५:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP