शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी
म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ३०, २०७६
satabdi (3)

सन्तोष गौतम
नारच्याङ ,सोमबार भदौ ३० गते ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् ।

उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको हिमालयन आँखा अस्पतालमा शल्यक्रिया गरेपछि आँखा देख्नुहुन्छ । भेट्न आउने आफन्त र गाउँलेलाई चिनेर कुराकानी गर्नुहुन्छ ।

दैनिक एक घण्टा करेसाबारीमा गोडमेल गरेर बिताउने साइली छोरी डिलीसा पुर्जाले बताउनुभयो । डिलीसा र माइली छोरी ओइसा बुद्धुजाले उहाँको स्याहार गर्छन् । आइसा ८० र डिलिसा ७६ वर्षका हुनुभयो ।

जेठी छोरी गाउँमै आफ्नै घरमा बस्नुहुन्छ । कान्छि छोरीको भने दन्द्धको समयमा मृत्यु भएको थियो । उहाँकी श्रीमती बिलमतीको भने बीस वर्ष पहिले निधन भएको थियो ।

‘अहिलेसम्म बिरामी भएर बुवालाई अस्पताल भर्ना गर्न लगेका छैनौ,’ डिलीसाले भन्नुभयो ‘ढिडो, खोले र कुखुराको मासु खुब मिठो मानेर खानुहुन्छ ।’

कोदोको पिठोको ढिडो र जाउलो उहाँको खाना हो । कुखुराको मासु पनि टुट्दैनन् ।

भेटघाट गर्न आउनेहरुलाई फगामीले भेडागोठमा बिताएको बाल्य र युवा कालको घटना सुनाउनुहुन्छ । ‘जान्ने भएदेखि भेडा गोठ बसेको थिए,’ फगामीले भन्नुभयो ‘आधा जिवन भेडाबाख्रासँगै बिताए ।’

फिरन्ते शैलीमा बर्खामा अन्नपूर्ण हिमालको फेदी र हिउँदमा बेशीका फाँटमा भेडाको अघि पछि गरर बिताउनुभयो । स्वच्छ हावापानी र उचित खानपानले गर्दा रोगले आक्रमण नगरेको फगामी बताउनुहुन्छ ।

‘बिरामी भएर अहिलेसम्म अस्पताल गएको र पसलबाट औषधी किनेर खाएको छैन,’ फगामीले भन्नुभयो ‘सामान्य बिरामी हुँदा जंगलकै जडिवुटी खान्छु ।’

घोडेपानी नयाँपुल हुदै तीन दिन पैदल हिडेर पोखरा पुगेका उहाँ अहिले गाउँमै गाडी, दैलो, दैलामा खानेपानी, हातहातमा मोवाइल सेवा भएकोमा खुसी व्यक्त गर्नुहुन्छ ।

‘हाम्रा पालमा साथीभाई भेट हुन र रमाइलो गर्न मेला जात्रा पखनुपर्दथ्यो,’ उहाँले भन्नुभयो ‘अहिले बिजुली, गाडी, मोवाइल आयो । हिजोका ती दिन सम्झीदा कथा जस्तो लाग्छ ।’
उहाँ पछिका चार पुस्ता सन्तान भएका छन् । नाति गोविन्द फगामीले आफ्नो बाजेलाई गाउँकै जेष्ठ मानेर सम्मान गरिएकोमा खुसी लाग्ने बताउनुभयो ।

वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले उहाँ गाउँपालिका र जिल्लाकै जेष्ठ नागरिक हुन सक्ने बताउनुभयो । ‘हामीले उहाँ जस्तै अरु जेष्ठ नागरिक छन कि छैनन् भनेर खोज्दैछौ,’ वडा अध्यक्ष फगामीले भन्नुभयो ‘सय वर्ष पुगेको मान्छे देख्न र भेट्न पाउनु गौरवको विषय हो ।’

उहाँ जिल्लाको सबैभन्दा जेष्ठ नागरिक भएको अनुमान गरिएको छ । फगामी र उहाँका छोरीहरुले मासिक रुपमा पाउने सामाजिक सुरक्षा भत्ताबाट घरखर्च चलाउने गरेका छन् । उनले खेति किसानी र भेडापालेर जिविकोपार्जन गर्नुभएको थियो । ढुङ्गा माटोले बनेको एक तले घरमा बस्दै आएका छन् ।


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १०:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP