शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
बेनी नगरपालिका
  • गृहपृष्ठ
  • तातोपानीमा खानेपानी आयोजना निर्माण
तातोपानीमा खानेपानी आयोजना निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन ५, २०७९
water_2022-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । एक करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा योजना निर्माण भएको हो ।

घरघरमा मिटर जडान गरेर खानेपानी वितरण गरिएको तातोपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष थमबहादुर खत्रीले बताउनुभयो । ‘विसं २०७२ देखि सुरु भएको आयोजना सात वर्षको प्रयासमा निर्माण सम्पन्न भएको छ’, उहाँले भन्नुभयो ‘वितरण व्यवस्थित र अनावश्यक पानी खर्च हुन नदिन सबै उपभोक्ताको धारामा मिटर जडान गरिएको छ ।’

घरघरमा खानेपानी आपूर्ति हुन थालेपछि तातोपानीवासीको दैनिकी फेरिएको छ । तल्लो, उपल्लो तातोपानी बजार, फापरखेत, मसार, पुलमुख, कान्ला, टिमिलाखर्क, पाटारुख र चौकी टोलमा मिटर जडान गरेर निजी धारामा पानी वितरण गरिएको छ ।खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलका अनुसार कार्यालयको एक करोड २२ लाख १४ हजार रुपैयाँ र उपभोक्ताको २४ लाख रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण सकिएको छ । उहाँका अनुुसार,ट्याङ्की ,आरबिटी ,इन्टेक र मुख्य लाइन कार्यालयको खर्चमा निर्माण तथा पाइप खरिद गरेर उपलब्ध गराएको हो । भने शाखा र वितरण लाइन खन्न र पुर्न उपभोक्ता समितिले श्रमदान गरेका हुन् ।

‘स्रोतको कमी र बढ्दो सहरीकरणसँगै खानेपानी आपूर्ति र वितरणमा समस्या भएको थियो ’ उहाँले भन्नुभयो ‘नयाँ आयोजना निर्माणसँगै पानीका कारण हुने सामाजिक द्वन्द्व हटेको छ ।’तातोपानी प्राकृतिक उपचारस्थलको रूपमा परिचित छ । यहाँको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्न वर्सेनी हजारौँ बिरामी आउने भएकाले खानेपानी आपूर्ति चुनौती बनेको थियो । योजनाबाट स्थानीयवासीका साथै तातोपानी स्नान गर्ने बिरामी र भ्रमणका लागि आउने पर्यटक तथा पाहुनासमेत लाभान्वित भएका छन् ।स्थानीयवासी दधीलाल अधिकारीका अनुसार यसअघि १५ वटा सार्वजनिक धारामा पालो लगाएर पाइपमार्फत घर–घरमा खानेपानी आपूर्ति गरिएको थियो ।

धाराबाट पानी ओसार्दा हुने समयको बचत भएको छ । घरभित्र र आगनमै धारा हुँदा सुरक्षित र सहज भएको छ । खानीखोला, लेतेखोला, टिमिलाखर्क, भित्रिवनको चार वटा मुहानको पानी एक लाख, २० हजार र दश हजार लिटरको तीन वटा टङ्कीमा सङ्कलन गरेर पाइपमार्फत घरघरमा वितरण गर्ने संरचना बनाइएको छ । तीन हजार ४५० मिटर मुख्य, छ हजार ६११ मिटर शाखा र वितरण, ६ वटा इन्टेक, ३ वटा क्रसिङ लगायतका संरचना निर्माण भएको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०७:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP