शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो सानदार जित
श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो सानदार जित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन ११, २०७९
294945068_195310556174942_1456400574742446909_n
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल  गर्नुभयाे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै जित पक्का गरेको हो । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको २३ औं मिनेटमा मुहमेधु मुन्सिफले श्रीलंकालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाल्नुभयाे। उहाँले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल वन भर्सेस वनको स्थितिमा प्रहार गर्दा पोस्टमा लागेर बाहिरिएको थियो । खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिनुभएन। कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिनुभयाे । ४४ औं मिनेटमा कप्तान आयुष घलानको लामो फ्रिकिकमा सुगम सुवालको हेडर पोस्टभन्दा थोरै बाहिर गयो । खेल दौरान कालिंगा रंगशालामा पटक पटक फ्लड लाइट बन्द हुँदा खेल रोकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नेपालले मनग्य नकर्मीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो । ५२ औं मिनेटमा मोहमद साहिलको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल पछि पर्नबाट जोगियो । कप्तान थेसान थुस्मिकाको लामो थ्रो इनलाई साहिलले ६ यार्ड बक्सनजिकबाट फ्लिक हेडर गर्दा गोलरक्षक इश्वर गुरुङ बिट हुनुभएकाे थियाे  । खेलको ५९ औं मिनेटमा कप्तान आयुषले नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएकाे थियाे । अभिषेक वाइबाको क्रसलाई गोलरक्षकले पन्च गरेपछि आएको बललाई आयुषले गोलमा परिणत गर्नुभएकाे थियाे । उहाँले पेनाल्टी क्षेत्र भित्रबाट गरेको पहिलो टचकै प्रहार गोल भएको थियो ।अग्रता लिएको केही मिनेटमा नै नेपालले कृतिशको गोलमा अग्रता दोब्बर पार्यो आयुषकै पासमा कृतिशले दोस्रो गोल गर्नुभयाे। आयुषले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लेअपलाई कृतिशले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट पहिलो टचमै टप कर्नरमा गोल गर्नुभएकाे थियाे । खेलको ८४ औं मिनेटमा नेपालले ३-० को अग्रता लियो । सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित सुनिश्चित गर्नुभयाे । खेलको इन्ज्युरी समयमा गोलरक्षक इश्वर गुरुङले मुन्सिफको प्रहारलाई विफल पार्दै आफ्नो लगातार दोस्रो क्लिन सिट राख्नुभयाे ।  
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २२:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP