शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन २२, २०७९
297591131_629588575064691_1390819789605101647_n
म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजना गरिएको प्रथम जिल्ला भेलाबाट कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा लभ थापा मगर, सचिवमा सन्तोष परियार र कोषाध्यक्षमा देविना घर्ती मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बसन्त बानियाँ, दिप्सन खड्का, प्रवेश पौडेल, सन्दिप खत्री, मदन श्रेष्ठ, गणेश खत्री, अशोक रिजाल, विनिता पुन, समिता पुन, र शिशिर बानियाँ रहनुभएको राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका सचिव राजकुमार परियारले जानकारी दिनुभयो । प्रथम जिल्ला भेलाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले कलाकारहरु देश र समाज परिवर्तनका संवाहक भएको बताउनुभयो । उहाँले कलाकारितालाई व्यवसायिक बनाउनु समेत अनुरोध गर्नुभयो । त्यस्तै नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले नेकपा एमालेका शुभेच्छुक संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध कलाकारहरुले गीत, संगीत, नृत्य, नाट्य, भिडियोग्राफी लगायतका माध्यमवाट निर्वाचन तथा पार्टीको विभिन्न गतिविधिहरुमा महत्पूर्ण सहयोग प्राप्त भएको बताउनुभयो । संगठन र त्यसमा आवद्ध कलाकारहरुको समस्यामा पार्टीको सधैँ सहयोग हुने पनि उहाँले बताउनुभयो । कार्यक्रममा पार्टी सचिव एवम् बेनी नगरपालिका मेयर सुरत केसी, नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य रवि कार्की, चलचित्रकर्मी संघका गण्डकी प्रदेश कमिटी अध्यक्ष भुपेन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।चलचित्र तथा म्युजिक भिडियोमा पर्दा अगाडि वा पर्दा पछाडि काम गर्ने कलाकारहरुलाई संगठित गर्दै प्रदेशका ११ वटै जिल्लामा समिति गठन गर्ने गरि म्याग्दी जिल्लाबाट सुरु गरिएको संघका प्रदेश अध्यक्ष भुपेन बानियाँले बताउनुभयो । नवनिर्वाचित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका प्रदेश अध्यक्ष बानियाँले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहण पछि अध्यक्ष कार्कीले संघलाई बजवुत बनाउनका लागि विभिन्न रचनात्मक काम गर्ने र भिडियोग्राफीसंग सम्वन्धित कलाकारहरुलाई एकतावद्ध गर्ने र कलाकारहरुको समस्यामा हातमाले गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रम राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका अध्यक्ष अमित विश्वकर्माका अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव राजकुमार परियारको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १०:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP