शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह
मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १४, २०७६
IMG_8906

सुरेन गुरुङ्ग
घोडेपानी,मंगलबार असोज १४ गते ।

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । विभिन्न शिलशिलामा प्रवासमा बसोबास गर्ने म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएको हो । तीन दिन सम्म संचालन हुने महाधिवेशनको संघिय सरकार महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो ।

मन्त्री थापाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रवाससमा पसिना बगाएर कमाएको पैसा जिल्लाको आर्थिक, सामाजिक , स्वास्थ्य, शिक्षा तथा मानविय क्षेत्रमा लगानी तथा सहयोग गरेर देश विकासमा इट्टा थप्ने काम गरेको बताउनुभयो । साथै उहाँले सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रवासी नेपालीहरुलाई लगानी गर्न आग्रह गर्नुभयो ।

‘लामो समय पछि देशमा स्थायी सरकार आएकाले लगानीको वातावरण बनेको छ’ मन्त्री थापाले भन्नुभयो । ‘सरकारको समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न लगानीले मात्र सम्भव भएकाले प्रवासी म्याग्दीलीहरुलाई स्वदेशमा लगानी गर्न आग्रह गर्दछु ।’ जिल्लामा जलविद्युत ,कृषि , पर्यटन तथा विभिन्न क्षेत्रमा प्रयाप्त सम्भावना भएकाले लगानी गरी युवाहरुलाई स्वदेशमा बस्न सक्ने बातावरण निर्माण गर्नमा सहयोग गर्न समेत आग्रह गनुहुँदै लगानी सुरक्षितका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अहिले भ्रष्टाचार ,हिंसा ,बेरोजगार तथा शुसासन सरकारका लागि ठुलो चुनौती भएको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण र शुसासन कायम गर्न नितिगत निर्णय गरी कानुन निर्माण गरको जानकारी दिनुभयो । अहिलेको सरकार सबैभन्दा बढी भ्रष्टाचार नियन्त्रण गर्न सफल भएको उहाँले दावी गर्नुभयो । सरकारले देश विकासममा जोड दिएकाले सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।


साथै महिला माथि हुने हिंसा बढेको बताउनुहुँदै यसको अन्त्यका लागि सरकारले महिला हिंसा विरुद्धको अभियानलाइ नितिगत रुपमा निर्णय गरी अगाडी बढाउन लागेको बताउनुभयो । सरकारले विकास निर्माणमा हुने कालोबजारीलाई नियन्त्रण गर्नका लागि कडा कदम चालेको बताउनुभयो । पहिले विकास निर्माणमा सडक निर्माण गर्दा दिइदै आएको अग्रिम भुक्तानीलाई घटाएको बताउनुभयो । पछिल्लो समय मेलाका नाममा हिंसात्मक गतिविधी बढेकाले नियन्त्रण गर्नका लागि कदम चाल्न स्थानीय सरकारलाइ निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीर ,निवर्तमान सभापति एवम् संविधान सभा सदस्य सांसद रेशमबहादुर बानियाँ र नेकपा म्याग्दीका सचिव करिकृष्ण श्रेष्ठले प्रवासी म्याग्दीलीहरुले जिल्लाको विकास ,आर्थिक, सामाजिक , शिक्षा ,मानविय , स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा पु¥याएको योगदान जिल्ला र देशका लागि नमुनायोग्य काम भएको बताउनुभयो ।
विदेशमा कमाएको पुँजी जिल्लाको विकासमा लगानी गर्न आग्रह गर्नुभयो ।

यसैगरी जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी , बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,मालिका गाउँपालिका अध्यक्ष श्री प्रसाद रोका ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्वुजा पुन र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

जिल्लामा कृषि ,पर्यटन ,जलविद्युत लगायत विभिन्न क्षेत्रमा पर्याप्त सम्भावना भएकाले प्रवासमा कमाएको पुँजी लगानी गर्न आग्रह गर्नुभयो । लगानी मैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्याप्टेन गर्बुजा पुनले अन्नपुर्ण जलविद्युत र पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपालिका भएकाले विश्वको पर्यटकीय स्थल पुनहिल र जलविद्युतमा लगानी गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष चक्रबहादुर थापाले पर्यटकीय स्थल घोडेपानी र पुनहिलको पर्यटन प्रवद्र्धन र पुर्वाधार विकासमा लगानी भित्र्याउनका लागि घोडेपानीमा महाधिवेशनको आयोजना गएिको बताउनुभयो । उहाँले मोनाले जिल्लामा गरेका विभिन्न गतिविधी तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । मोनाले जिल्लाको आर्थिक ,सामाजिक ,स्वास्थ्य ,शिक्षा तथा मानविय क्षेत्र संगै अन्य उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चाहेकाले लगानीमैत्री बातावरण निर्माण गरीदिन आग्रह गर्नुभयो ।

प्रवासमा कमाएको पुँजी स्वदेश र जिल्लामा लगानी गर्न चाहेपनि पनि लगानीमैत्री वातारण नभएको गुनासो गर्नुभयो । लगानीले मात्र विकास सम्भव भएकाले सबैले लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाको अध्यक्षता,महासचिव मिम पुर्जाको संचालन र गैरआवासिय नेपाली संघ युकेका निवर्तमान अध्यक्ष तथा कार्यसमितिका सल्लाहकार योगकुमार फगामीको स्वागतमा सम्पन्न कार्यक्रममा मोनाका संस्थापक अध्यक्ष तेजप्रकाश पुन , मोना कतारका अध्यक्ष तिलु शर्मा ,मोना नेडरल्याण्डका अध्यक्ष एवम् महाधिवेशन व्यवस्थापक संयोजक जंगबहादुर पुन र वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल लगायत विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले बोल्नुभएको थियो । कार्यक्रममा मोनालाई सहयोग गर्ने व्यक्ती र विभिन्न क्षेत्रमा सक्रिय समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  २१:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP