शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा (तस्बिरहरु)
गलेश्वरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २४, २०७९
IMG_8837 copy
धनिलाल गर्बुजा गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध गलेश्वर मन्दिरमा माछापुच्छ्रे बैंक लिमिटेडले क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार आयोजित एक कार्यक्रमका विच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका प्रमुख सुरत केसी मार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीलाई क्युआरकोड हस्तान्तरण गर्नुभएको हो । क्युआर कोड मार्फत भक्तजनले विद्युतीय माध्यमबाट दान र भेटी कोषको खातामा जम्मा गर्न सक्ने भएका छन् । प्रमुख कार्यकारी अधिकृत कोइरालाले वित्तीय कारोबारलाई पेपर र फेसलेस बनाउने अभियान अन्तरगत क्युआरकोड प्रबिधिको विस्तारमा जोड दिएको बताउनुभयो ।भिडिओ हेर्नुहोस् ... [embed]https://youtu.be/8G57fRvhOb0[/embed] क्युआरकोडको प्रयोगले पैसा बोक्नु नपर्ने भएपछि नोट पानीले भिज्ने, नष्ट हुने र गणना गर्नुपर्ने झञ्जट हट्नुका साथै छिटो र प्रभावकारी हुने नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश प्रमुख डाक्टर रामशरण खरेलले बताउनुभयो ।नगरप्रमुख सुरत केसीले बैंकिङ क्षेत्रमा विकास भएको डिजिटल प्रणालीले पारदर्शीता कायम गर्न सहयोग गरेको बताउनुभयो । उहाँले बैंकलाई उत्पादनमुलक र रोजगारी सिर्जनाको क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले कम समय र लागत तथा झञ्जट रहित, पारदर्शी कारोबारका लागि प्रविधिको प्रयोगका विषयमा आम नागरिकलाई विश्वास दिलाउने चुनौति भएको बताउनुभयो । सो कार्यक्रममा पोखरा १८ सारङकोटकी जरीना क्षेत्रीले आफ्नो २ बर्षीय छोरा अजलान क्षेत्रीको स्वास्थ्य लाभको कामना गरेर एक लाख पाँच रुपैयाँ भेटी चडाउनुभएको थियो । माछापुच्छ्रे बैंकले बेनीको गलेश्वर, तातोपानी कुण्ड, बेनी शिवालय, दुर्गा भगवति मन्दिरमा क्युआर कोड राखेको बैंकका नायव डिजिटल बैंकिङ अधिकृत बिनय रेग्मीले बताउनुभयो । मठमन्दिरमा क्युआर कोडबाटै भेटी र दान गर्न सकिनुका साथै तातोपानी कुण्डको टिकट काट्न सकिने व्यवस्था मिलाइएको माछापुच्छ्रै बैंकको बेनी शाखा प्रमुख यादव आचार्यले बताउनुभयो । क्युआर कोड हस्तान्तरण कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, माछापुच्छ्रे बैंकका ब्यवसाय अधिकृत अजय आचार्य, कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठ लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०९:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP